सिसडोलको जग्गा अधिग्रहण गरिने, फोहोर व्यवस्थापनमा अझै चुनौति « Khabarhub

सिसडोलको जग्गा अधिग्रहण गरिने, फोहोर व्यवस्थापनमा अझै चुनौति


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि सिसडोलमा जग्गा अधिग्रहण गरिने भएको छ ।

शुक्रबार सरोकारवालासँग भएको क्षलफलमा नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको क्षेत्रमा पर्ने व्यक्तिको जग्गा अधिग्रहण गर्ने सहमति भएको हो ।

छलफलमा काठमाडौं महानगरपालिका, शहरी विकास मन्त्रालय र सिसडोलका स्थानीयवासीको सहभागिता थियो ।

उपत्यकाको फोहोरको अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोलको क्षमता सकिएको र बञ्चरे डाँडामा पूर्वाधार तयार भइ नसकेको जनाउँदै अतिप्रभावित क्षेत्रका स्थानीयले जग्गा अधिग्रहण गर्नुपर्ने वा लिजमा लिनु पर्ने माग उठाइरहेका थिए ।

२०६२ सालमा २ वर्षका लागि भन्दै नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा काठमाडौंको फोहोर बिसर्जन कार्य थालिएको थियो । अहिले सिसडोल भरिएको छ । ल्याण्डफिल साइट भरिँदा पनि विकल्प नभएकाले उक्त स्थानमा फोहोर फाल्ने कार्य रोकिएको छैन ।

स्थानीयले विभिन्न माग राख्दै २ हप्ताअघि फोहोर व्यवस्थापन कार्यमा अवरोध गरेका थिए । तत्काल समस्याको समाधान गर्नका लागि महानगरको वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोलको संयोेजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको थियो ।

समितिले अध्ययन सकेर प्रतिवेदन महानगरलाई बुझाइसकेको छ । प्रतिवेदनमा १० वटा बुँदामा स्थानीयले उठाएका मागलाई समेटिएको छ । भने १४ बुँदामा समस्या समाधानका लागि सुझाव दिइएको छ ।

त्यस्तै ९ सय मिटर दूरीभित्र दिइँदै आएको घर टहरा क्षतिपूर्तिको सीमा बढाएर १५ सय मिटर पुर्‍याउन शिफारिस गरिएको छ ।
त्यसैगरी समितिले सिसडोल व्यवस्थापन कोष स्थापना गरेर महानगरसहित सम्बन्धित स्थानीय तहबाट प्राप्त हुने रकम, सरकारबाट ल्याण्डफिल साइटका लागि छुट्याइएको रकम त्यसै कोषमा जम्मा गर्न सुझाव दिएको छ ।

साथै बञ्चरे डाँडा जानुअघि सिसडोललाई व्यवस्थित रुपमा बन्द गरेर मात्र जान समेत समितिले सुझाव दिएको

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ३ : ५० बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर