सिसडोलको जग्गा अधिग्रहण गरिने, फोहोर व्यवस्थापनमा अझै चुनौति « Khabarhub

सिसडोलको जग्गा अधिग्रहण गरिने, फोहोर व्यवस्थापनमा अझै चुनौति


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि सिसडोलमा जग्गा अधिग्रहण गरिने भएको छ ।

शुक्रबार सरोकारवालासँग भएको क्षलफलमा नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको क्षेत्रमा पर्ने व्यक्तिको जग्गा अधिग्रहण गर्ने सहमति भएको हो ।

छलफलमा काठमाडौं महानगरपालिका, शहरी विकास मन्त्रालय र सिसडोलका स्थानीयवासीको सहभागिता थियो ।

उपत्यकाको फोहोरको अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोलको क्षमता सकिएको र बञ्चरे डाँडामा पूर्वाधार तयार भइ नसकेको जनाउँदै अतिप्रभावित क्षेत्रका स्थानीयले जग्गा अधिग्रहण गर्नुपर्ने वा लिजमा लिनु पर्ने माग उठाइरहेका थिए ।

२०६२ सालमा २ वर्षका लागि भन्दै नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा काठमाडौंको फोहोर बिसर्जन कार्य थालिएको थियो । अहिले सिसडोल भरिएको छ । ल्याण्डफिल साइट भरिँदा पनि विकल्प नभएकाले उक्त स्थानमा फोहोर फाल्ने कार्य रोकिएको छैन ।

स्थानीयले विभिन्न माग राख्दै २ हप्ताअघि फोहोर व्यवस्थापन कार्यमा अवरोध गरेका थिए । तत्काल समस्याको समाधान गर्नका लागि महानगरको वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोलको संयोेजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको थियो ।

समितिले अध्ययन सकेर प्रतिवेदन महानगरलाई बुझाइसकेको छ । प्रतिवेदनमा १० वटा बुँदामा स्थानीयले उठाएका मागलाई समेटिएको छ । भने १४ बुँदामा समस्या समाधानका लागि सुझाव दिइएको छ ।

त्यस्तै ९ सय मिटर दूरीभित्र दिइँदै आएको घर टहरा क्षतिपूर्तिको सीमा बढाएर १५ सय मिटर पुर्‍याउन शिफारिस गरिएको छ ।
त्यसैगरी समितिले सिसडोल व्यवस्थापन कोष स्थापना गरेर महानगरसहित सम्बन्धित स्थानीय तहबाट प्राप्त हुने रकम, सरकारबाट ल्याण्डफिल साइटका लागि छुट्याइएको रकम त्यसै कोषमा जम्मा गर्न सुझाव दिएको छ ।

साथै बञ्चरे डाँडा जानुअघि सिसडोललाई व्यवस्थित रुपमा बन्द गरेर मात्र जान समेत समितिले सुझाव दिएको

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ३ : ५० बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा