१४ करोड वर्ष पहिले अस्तित्वमा रहेको डाइनोसरको भीमकाय हड्डी फेला « Khabarhub

१४ करोड वर्ष पहिले अस्तित्वमा रहेको डाइनोसरको भीमकाय हड्डी फेला


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– वैज्ञानिकहरूले दक्षिण–पश्चिमी फ्रान्सस्थित एउटा उत्खनन क्षेत्रमा डाइनोसरको भीमकाय हड्डी फेला पारेका छन् ।

तिघ्राको दुई मिटर लामो हड्डी औँजेक क्षेत्रमा फेला पारिएको र त्यो सोरापाड डाइनोसरको भएको उत्खनन्मा संलग्नहरुले बताएका छन् । लामो घाँटी र पुच्छर भएको ती भीमकाय डाइनोसरले बोटविरुवा खाने गर्थे । जुरासिक युगको अन्त्यतिर पाइने सोरापाड डाइनोसर पृथ्वीमा हालसम्म पाइएका ठूलामध्येका स्थलचर हो ।

हड्डी भेटिएपछि जीवाश्मबारे जानकार वैज्ञानिकहरूले आफूहरु आश्चर्यचकित भएको बताएका छन्। नेशनल हिस्ट्री म्युजियम अफ प्यारिसका रोनान एलेनले लो प्यारिजियन भने, ‘हामी मांसपेशी, स्नायु र दाग देख्न सक्छौँ।’ ‘यति ठूलो अंश आँफैमा टुक्रिने सम्भावना धेरै हुने भएकाले यत्रो टुक्रा प्राप्त हुनु दुर्लभ कुरा हो।’

एलेनले समाचार संस्था एएफपीलाई बताए अनुसार सोरापाड डाइनोसरहरू १४ करोड वर्ष पहिला अस्तित्वमा थिए र तिनीहरू ४० देखि ५० टनसम्मको तौलका थिए । अर्को एउटा फ्रान्सेली पत्रिका अनुसार सन् २०१० मा एउटा सोरापाड डाइनोसरको तिघ्राको हड्डी फेला पारिएको थियो जसको लम्बाइ २ मिटर र तौल ५०० किलोग्राम थियो।

कोन्याक नगर नजिकै पर्ने शाराँट क्षेत्रस्थित अङ्गुर बगानहरूमुनिको जमिन उत्खनन कार्यमा करिब ७० जना वैज्ञानिकले यो ग्रीष्मकालमा काम गरिरहेका छन्। सन् २०१० यता सो क्षेत्रबाट साढे सात हजारभन्दा बढी जीवाशेष फेला पारिसकिएको छ।

यसअघि दलदल रहेको उक्त क्षेत्र उत्खनन कार्यका लागि फ्रान्सका निकै महत्त्वपूर्णमध्येको एउटा स्थान साबित भएको छ। यसअघि स्टेगासोरस डाइनोसरका हड्डी तथा अस्ट्रिच डाइनोसरको एउटा सिङ्ग फेला पारिएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ३ : ५९ बजे

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६