कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प « Khabarhub

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

उहाँका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो”, प्रजिअ कार्कीले भने“ पहिरोको प्रकृति हेर्दा तुरुन्तै पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै समय लाग्ने अवस्था छ ।”

पहिरोको स्थिति बुझ्न प्रजिअ कार्कीसहितको टोली र सडक डिभिजन कार्यालयबाट इञ्जिनीयरसहितको टोली त्यसतर्फ गएको छ । कर्णाली राजमार्गअन्तर्गतको कालेखोलामा माथिबाट झरेको चट्टानसहितको पहिरोका कारण करिब ४० मिटर सडक भासिएकाले सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रजिअ दुर्गा बञ्जाडेले अबरुद्ध बाटोका कारण यात्रुलाई आवत–जावत नगर्न सचेत गराएको छ । सडक अवरुद्ध हुँदा सुर्खेत, नेपालगञ्ज हुँदै कालीकोटका लागि छुटेका मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन् ।

सानो तिनो उपकरणले बाटो खुलाउन नसकिने भएकाले ठूलो उपकरणको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक यातायात अबरुद्ध भएपछि जुम्लाबासीलाई हवाई यातायातको भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ४ : ३२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया