छोरा पाउने अभिलाशामा बहुविवाहका घटना बढे « Khabarhub

छोरा पाउने अभिलाशामा बहुविवाहका घटना बढे


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- पछिल्लो समय सुर्खेतमा बहुविवाहका घटनाहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७५/७६ मा बहुविवाह भएको भन्दै ४३ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा १२ वटा मुद्दा बढी दर्ता भएको छ । प्रहरी महिला सेलका प्रहरी सहायक निरीक्षक डिला विकले छोरा मोहका कारण बहुविवाहका घटना बढेको बताए ।

छोरा नभएकै कारण दोस्रो विवाहका घटनाहरु बढेको उनको भनाइ थियो । “यो आर्थिक वर्षमा मात्र ४३ वटा घटना दर्ता हुनु भनेको दुःखद घटना हो”, उनले भने, “जसका कारण महिलाहरु नै हिंसाको सिकार भएका छन् ।”

दोस्रो विवाह गरेको भन्दै श्रीमानविरुद्ध उजुरी गर्न आएका महिलाहरुसँग कुराकानी र छलफल गर्दा छोरा नभएको कारण अर्काे श्रीमती ल्याएको खुलेको प्रहरी सहायक निरीक्षक विकले बताए ।

“बहुविवाहका अर्को महत्वपूर्ण कारण महिलाहरु आर्थिक रुपमा परनिर्भर हुनु हो”, उहाँले भन्नुभयो, “बहुविवाहजस्ता सामाजिक कुरुतीलाई रोक्न समाजका सचेत वर्ग सक्रिय भएर लाग्नुपर्छ ।” आर्थिक वर्ष २०७४/७५ मा ३१, २०७३/७४ मा ४१ र २०७२/७३ मा ३९ वटा बहुविवाह सम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्ता मुद्दाहरुमा शुरुआतमा प्रहरीमा आए तापनि महिलाको सामाजिक तथा आर्थिक कारणले मेलमिलाप गर्नसमेत बाध्य हुने गरेको उनले बताए ।

महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाका निसा पौडेलले बहुविवाहका कारण महिला हिंसामा परेको बताए । विभिन्न कारणले गर्दा बहुविवाहबाट पीडित महिला उजुरी लिएर संस्थामा आउने गरेको उनले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ४ : ४६ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल