अचम्म ! जहाँ गर्भधारण गर्न हाकिमको ईजाजत लिनुपर्छ « Khabarhub

अचम्म ! जहाँ गर्भधारण गर्न हाकिमको ईजाजत लिनुपर्छ


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गर्भधारणका लागि समेत हाकिमसँग ईजाजत लिनुपर्छ भन्ने कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर नपत्याई सुख नै छैन । प्रसङ्ग जापानको हो ।

समाचार माध्यमहरुले जनाए अनुसार जापानको एक कम्पनीका हाकिले आफ्नो कार्यालयमा काम गर्ने एक जना महिला कर्मचारीलाई आफूलाई जनाकारी नै नदिई गर्भवती भएको भन्दै अपमानित गरेको खुलासा भएको छ ।

यतिमात्र होइन त्यो कम्पनीले आफ्ना अन्य २२ महिला कर्मचारीहरुलाई समेत इमेलमार्फत सन्देश पठाउँदै वरियताको क्रमलाई भंग गरी गर्भधारण गर्ने गल्ती नगर्न समेत आदेश दिएको छ ।

समाचारमा उल्लेख भए अनुसार, कम्पनीको आदेशलाई पालना गरि पालैपालो गर्भाधारण गर्नेहो भने त्यहाँ कार्यरत महिला कर्मचारीमध्ये एकजनाले बच्चा जन्माउनका लागि ३५ वर्षको उमेरसम्म कुर्नुपर्ने देखिएको छ ।

अहिले त्यो कम्पनीमा काम गर्ने महिला कर्मचारीहरुले बच्चा जन्माउनका लागि हाकिमको अनुमति लिनुपर्ने कुरा अघोषित कानून जस्तै बनाइएको बताइएको छ ।

अझ अनौठो कुरा के छ भने त्यहाँ बच्चा जन्माउँदा मात्र होइन, अविवाहित महिला कर्मचारीले बिहे गर्नुपर्दा समेत हाकिमलाई जानकारी गराउनुपर्छ । अन्यथा विहे गर्न समेत पाइदैन ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ४ : ५९ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा