राष्ट्रिय गौरवका आयोजनाकाे सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई दिन प्रस्ताव « Khabarhub

राष्ट्रिय गौरवका आयोजनाकाे सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई दिन प्रस्ताव


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसदहरुले राष्ट्रिय गौरवका आयोजना सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।

सिंहदरवारमा बसेको संसदको राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुले सो प्रस्ताव राखेका हुन् । समितिका सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजना सुरक्षा सशस्त्र प्रहरीलाई दिनुपर्ने बताए ।

उनले नेपाल प्रहरीको संख्या कम रहेकाले यो विकल्पमा जान सकिने सुझाव दिए । सुरक्षाका अवस्था मूल्यांकन गरेर प्रहरी परिचालन गर्नुपर्ने उनको तर्क थियो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफल जारी छ ।

समितिका अर्का सदस्य दिलेन्द्रप्रसाद बडुले आवश्यताको आधारमा सुरक्षा निकायको परिचालन गर्नुपर्ने बताए । बैठकमा समितिका सदस्यहरुले नेपाल प्रहरीको परिचालन अपराध अनुसन्धानमा केन्द्रीत हुनुपर्ने धारणा पनि राखेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ६ : ५५ बजे

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल

मिथिलाञ्चलमा आजदेखि होली

जलेश्वर– पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा

गोदरेजले सार्वजनिक गर्‍यो २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर

काठमाडौं– गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बागमती– मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना

झापा पुगेर रविले भने- जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख कुन मुखले भोट माग्दै हुनुहुन्छ ?

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताको