महानगर प्रमुख शाक्य चीन प्रस्थान « Khabarhub

महानगर प्रमुख शाक्य चीन प्रस्थान


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य चीन प्रस्थान गरेका छन् । ल्हासा नगरसँग भगिनी सम्बन्ध विस्तार गर्नका लागि उनी त्यसतर्फ गएका हुन् । प्रमुख शाक्य यही साउन २१ गते स्वदेश फर्कने छन् ।

प्रमुख शाक्यसँग वडा न–ं १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा नं २८ का अध्यक्ष भाइराम खड्गी, कार्यपालिका सदस्य हीरादेवी पोख्रेल, रश्मी खड्का, प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलिया, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका यम बसेलसहित सहभागी रहेका महानगरले जनाएको छ ।

प्रमुख शाक्यले दुई नगरबीचको वाणिज्य सम्बन्ध, पर्यटन, शिक्षा तथा संस्कृति आदानप्रदान गर्ने विषय भेटका मुख्य उद्देश्य भएको बताए । उनले भने, ‘नगर–नगरबीचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउने कार्यक्रमलाई पनि छलफलका क्रममा प्राथमिकतामा राखिनेछ ।’

चीनमा रहँदा टोलीले उच्चस्तरीय भेटघाटसँगै तिब्बतको पोटाला दरबार, जोखाङ् मन्दिर, सेरा मोनाष्ट्री, चार हजार ७१८ मिटर उचाइमा रहेको स्थानीय पर्यटकीय गन्तव्य नाम्को ताललगायतका स्थानमा भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

प्रमुख शाक्यले आफू चीनमा रहँदा कार्यबाहक प्रमुखको जिम्मेवारी उपप्रमुख हरिप्रभा खड्गीलाई दिएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : ०८ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल