महानगर प्रमुख शाक्य चीन प्रस्थान « Khabarhub

महानगर प्रमुख शाक्य चीन प्रस्थान


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य चीन प्रस्थान गरेका छन् । ल्हासा नगरसँग भगिनी सम्बन्ध विस्तार गर्नका लागि उनी त्यसतर्फ गएका हुन् । प्रमुख शाक्य यही साउन २१ गते स्वदेश फर्कने छन् ।

प्रमुख शाक्यसँग वडा न–ं १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा नं २८ का अध्यक्ष भाइराम खड्गी, कार्यपालिका सदस्य हीरादेवी पोख्रेल, रश्मी खड्का, प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलिया, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका यम बसेलसहित सहभागी रहेका महानगरले जनाएको छ ।

प्रमुख शाक्यले दुई नगरबीचको वाणिज्य सम्बन्ध, पर्यटन, शिक्षा तथा संस्कृति आदानप्रदान गर्ने विषय भेटका मुख्य उद्देश्य भएको बताए । उनले भने, ‘नगर–नगरबीचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउने कार्यक्रमलाई पनि छलफलका क्रममा प्राथमिकतामा राखिनेछ ।’

चीनमा रहँदा टोलीले उच्चस्तरीय भेटघाटसँगै तिब्बतको पोटाला दरबार, जोखाङ् मन्दिर, सेरा मोनाष्ट्री, चार हजार ७१८ मिटर उचाइमा रहेको स्थानीय पर्यटकीय गन्तव्य नाम्को ताललगायतका स्थानमा भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

प्रमुख शाक्यले आफू चीनमा रहँदा कार्यबाहक प्रमुखको जिम्मेवारी उपप्रमुख हरिप्रभा खड्गीलाई दिएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : ०८ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको