वैदेशिक रोजगारीका नाममा विभिन्न देश पुगेका अलपत्र २५१ जनाको उद्धार | Khabarhub Khabarhub

वैदेशिक रोजगारीका नाममा विभिन्न देश पुगेका अलपत्र २५१ जनाको उद्धार


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको नाममा विभिन्न देश पुगेका २५१ जनाको उद्धार गरेको जनाएको छ ।

उनीहरुलाई भारत, किर्किस्थान, कुवेत, लिबिया, केन्यालगायत देशबाट उद्धार गरिएको ब्यूरोले जनाएको छ । उद्धार गरिएकामा धेरै महिला छन् । गएको फागुनदेखि असारसम्ममा उनीहरुको यसरी उद्धार गरिएको हो ।

वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन तथा अवैध ओसारपसारका घटना बढ्दै गएकाले प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना गरेर काम गर्दै आएको छ ।

ब्यूरो स्थापनापछि अहिलेसम्म ११ घटनामा मुद्दा दर्ता गरिएको ब्यूरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । आरोपीमध्ये १२ जना पक्राउ परेका छन् । अझै २९ जना फरार रहेकाले खोजी जारी रहेको उनले जानकारी दिनुभयो । भारतबाट मात्रै झण्डै २०० जनाको उद्धार गरिएको छ ।

पहिले भारतमा देह व्यापारका लागि मानव बेचबिखन हुने गरेको थियो । अहिले भने वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन हुँदै आएको छ । अवैध बाटो हुँदै मानिसलाई बेचबिखन गर्ने गरेको प्रहरीले जनाएको छ । कानूनमा यसरी बेचबिखन गर्नेलाई १५ वर्षसम्म सजाया हुने व्यवस्था छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  १० : २६ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी