छोरीको कुमारित्व तोड्ने सम्भोग सेन्टर! | Khabarhub Khabarhub

छोरीको कुमारित्व तोड्ने सम्भोग सेन्टर!


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो छोरीको कुमारित्व तोड्न सम्भोग सेन्टरमा पठाइन्छ भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ तर, वास्तविकता यस्तै छ । तर, यो तथ्य नेपालको भने होइन । अफ्रिकाको मलावीमा आमाबाबुहरुले नै आफ्ना छोरीहरुलाई कुमारित्व तोड्नका लागि सम्भोग सेन्टरमा पठाउँने गर्छन् ।

अझ अचम्मको कुरा त के छ भने जुनसुकै अभिभावकले छोरीको उमेर १० वर्ष पुग्ने वित्तिकै कुमारित्व भंग गर्न भन्दै सम्भोग सेन्टरमा पठाउने चलन छ । समाचार माध्यमहरुमा जनाईए अनुसार, १० वर्षकी ग्रेसलाई गोल्डेन भिलेजस्थित घर नजिकैको क्याम्पमा पढाएर सम्भोग शिक्षा दिइयो । उनी सम्भोग क्याम्पमा आफ्नी हजुरआमासँग बसिन्, जहाँ उनलाई एक सातासम्म ठुलाको सम्मान तथा घरधन्दा गर्न सिकाइयो ।

त्यहाँ उनलाई सम्भोग सम्बन्धी जानकारी पनि दिइयो । सेन्टरमा पुगेका युनाइटेड नेशन फाउण्डेशनका पत्रकारको टोलीका अनुसार, एक महिलाले किशोरीहरुलाई सम्भोग क्रियाका लागि बढावा दिइरहेकी थिइन् । त्यति मात्र होइन क्याम्पमा नृत्य गरेर वा अन्य तौरतरिका अपनाएर पुरुषलाई खुसी पार्न समेत सिकाइन्छ ।

गर्ल्स इन्पावरमेन्ट नेटवर्कका सञ्चार सल्लाहकार न्वायसका अनुसार, कहिलेकाहिं त्यहाँ वयस्क पुरुषहरु आउँछन् । राति आउने त्यस्ता पुरुष को हुन् भन्ने जानकारी किशोरीलाई हुँदैन । तर, उनीहरुले यौन शिक्षाअन्तर्गत ती पुरुषहरुलाई सन्तुष्ट पार्न सक्नुपर्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ८ : २३ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम