बस दुर्घटनामा ३ को मृत्यु, २७ घाइते | Khabarhub Khabarhub

बस दुर्घटनामा ३ को मृत्यु, २७ घाइते


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ : ०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् ।

त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनेसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ९ : ४५ बजे

काठमाडौं महानगरको विभिन्न चोकमा राख्यो हाई मास्ट लाइट (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौँको विभिन्न चोकमा ६२ वटा हाई मास्ट

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता, खोजी जारी

सिन्धुपाल्चोक– जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज

आगलागीबाट १८लाख बराबरको धनमाल जलेर नष्ट

पर्सा– वीरगन्ज महानगरपालिका-८ स्थित वडा कार्यालयमा बुधबार बिहान आगलागी हुँदा

पोखराबाट करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल चोरी

कास्की– पोखरा महानगरपालिका-३ नदीपुर बस्ने ४८ वर्षीया इसिता पनेरूको घरबाट सुनका विभिन्न

भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो

भक्तपुर– दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ ।