बस दुर्घटनामा ३ को मृत्यु, २७ घाइते « Khabarhub

बस दुर्घटनामा ३ को मृत्यु, २७ घाइते


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ : ०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् ।

त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनेसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ९ : ४५ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको