डा. भट्टराईले दिएको अभिव्यक्ति सामाजिक सद्भाव बिगार्ने खालको – भीम रावल | Khabarhub Khabarhub

डा. भट्टराईले दिएको अभिव्यक्ति सामाजिक सद्भाव बिगार्ने खालको – भीम रावल


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन् ।

नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले गाउँ/नगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरणकार्यलाई तीव्रता दिइने बताए ।

केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उनले अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय सङ्गठन एकीकरणको कामलाई छिट्टै अघि बढाइने जानकारी गराए ।

गाउँ/नगर कमिटी एकीकरणपश्चात पार्टी सुदृढ हुने उनको भनाइ थियो । गाउँपालिका र नगरपालिकामा पार्टी एकीकरण गरी स्थानीय तहमा भइरहेका विकास निर्माणका काम प्रभावकारी हुने नेता रावलले बताए ।

फरक प्रसङ्गमा कुरा गर्दै नेता रावलले टिकापुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्ति सामाजिक सद्भाव बिगार्ने खालको भएको टिप्पणी गरे ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १० : ३५ बजे

काठमाडौं महानगरको विभिन्न चोकमा राख्यो हाई मास्ट लाइट (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौँको विभिन्न चोकमा ६२ वटा हाई मास्ट

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता, खोजी जारी

सिन्धुपाल्चोक– जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज

आगलागीबाट १८लाख बराबरको धनमाल जलेर नष्ट

पर्सा– वीरगन्ज महानगरपालिका-८ स्थित वडा कार्यालयमा बुधबार बिहान आगलागी हुँदा

पोखराबाट करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल चोरी

कास्की– पोखरा महानगरपालिका-३ नदीपुर बस्ने ४८ वर्षीया इसिता पनेरूको घरबाट सुनका विभिन्न

भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो

भक्तपुर– दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ ।