विकास र सामाजिक कार्यमा युवाको सहभागिता आवश्यक : श्रम मन्त्री विष्ट « Khabarhub

विकास र सामाजिक कार्यमा युवाको सहभागिता आवश्यक : श्रम मन्त्री विष्ट


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले विकास र सामाजिक कार्यमा सरकारले युवालाई सहभागि गराउनुपर्ने बताएका छन् ।

नेपाल युवा संस्था सञ्जाल(आयोन)को चौथो राष्ट्र सामाजिक व्यापार चुनौती भेलालाई सम्बोधन गदै मन्त्री विष्ट विकासमा युवा सहभागि भयो भने अर्थतन्त्रमा ठुलो टेवा पुग्ने बताएका छन् ।

‘कृषि, निर्माण, उद्योग, व्यवसाय र उद्यमी क्षेत्रमा युवा जमतको अवश्यकता छ । विकासमा युवाको सहभगिता विश्वसिलो माध्यम हो । युवाले रोजगारीतिर मात्र होइन अन्य उद्योग व्यवसाय गर्ने जोड दिनुपर्छ,’ मन्त्री विष्टले भने, ‘सरकार युवामैत्री कार्यक्रममा ल्याउन जोड दिदै छ । युवा सामाजिक, आर्थिक र साँस्कृतिक पाटोसँग जोडेर राज्य अघि बढ्न खोजीरहेको छ । युवाविनको आर्थिक समृद्धि सम्भव पनि छैन ।’

युवाका बारेमा पछिल्लो समय सरकार चिन्तनशिल भइरहेको र युवालाई आर्थिक पाटोसँग जोड विभिन्न कार्यक्रम ल्याइरहेको युवा परिषदका उपाध्यक्ष माधव ढुंगलले बताएका छन् । राजनीतिक गर्ने युवाले आर्थिक समृद्धिका लागि पनि काम गर्नुपर्ने उनको भनाइ थियो ।

आयोनले देशभरबाट विभिन्न क्षेत्रमा व्यवसायी चलाइरहेका युवालाई समान गदै गएको छ । आयोनका ४४ जिल्लामा ९२ जना युवा कार्यरत छन् । आयोनले युवा विकास र विकासमा सहभागिताका विषयमा बहस छलफल गदै आएको छ । युवा परिषद, किङ्स कलेजलगायत अन्य विभिन्न संघसंस्थासँग सहकार्य गरेर काम गदै आएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : २३ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी