सैनिक अधिकारीको घरमा बसेका बालकलाई क्षतिपूर्ति दिन राष्ट्रसंघको निर्देशन | Khabarhub Khabarhub

सैनिक अधिकारीको घरमा बसेका बालकलाई क्षतिपूर्ति दिन राष्ट्रसंघको निर्देशन


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्र संघले घरेलु कामदारको रुपमा ६ वर्ष अघि सैनिक अधिकारीको घरमा बसेका एक बालकलाई क्षतिपूर्ति दिन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार समिति(युएनएचआरसी) ले सरकारलाई श्रम शोषणमा परेका र प्रहरीबाट यातना पाएका ती थारु समुदायका बालकलाई क्षतिपूर्ति दिन नेपाल सरकारलाई निर्देशन दिएको हो ।

सन् २०१० देखि बालमजदुरका रुपमा कार्यरत बालकमाथि चोरीको अभियोग लागेको थियो र उदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो ।

तर उनका अभिभावकले देशभित्र न्याय नपाएको भन्दै संयुक्त राष्ट्र संघ पुगेका थिए । ६ वर्षअघिको घटनामा निर्णय गर्दै संयुक्त राष्ट्र संघले बालकलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन गरेको हो ।

तर युएनएचआरसीको प्रतिवेदनमा भने पीडित बालक र पीडक सैनिक अधिकारीको परिचय र पीडितलाई दिनुपर्ने क्षतिपूर्ति वापतको रकम उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : ४९ बजे

काठमाडौं महानगरको विभिन्न चोकमा राख्यो हाई मास्ट लाइट (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौँको विभिन्न चोकमा ६२ वटा हाई मास्ट

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता, खोजी जारी

सिन्धुपाल्चोक– जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज

आगलागीबाट १८लाख बराबरको धनमाल जलेर नष्ट

पर्सा– वीरगन्ज महानगरपालिका-८ स्थित वडा कार्यालयमा बुधबार बिहान आगलागी हुँदा

पोखराबाट करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल चोरी

कास्की– पोखरा महानगरपालिका-३ नदीपुर बस्ने ४८ वर्षीया इसिता पनेरूको घरबाट सुनका विभिन्न

भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो

भक्तपुर– दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ ।