रेल्वे स्टेशनमा गीत गाएर चर्चित बनेकी ती वृद्ध महिला, जसलाई सलमानले दिए ५५ लाखको घर | Khabarhub Khabarhub

रेल्वे स्टेशनमा गीत गाएर चर्चित बनेकी ती वृद्ध महिला, जसलाई सलमानले दिए ५५ लाखको घर


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भन्ने गरिन्छ नि, जब भाग्यले साथ दिन्छ, तब केही मिनेटमा नै कसैको दिन फर्किन सक्छ । भारतकी रानु मण्डललाई पनि त्यस्तै भएको छ । पूरै जिन्दगी रेल स्टेशनमा गरीबीमा गुजारेकी रानू मण्डलको जीवन यतिबेला फेरिएको छ ।

उनले भारतकी चर्चित गायिका लता मंगेश्करको एक गीत एक प्यारका नगमा है गाएकी थिइन् । यही गीतले उनको जीवनमा उज्यालो छाइदियो ।

रानूको उक्त गीतले दर्शकमा यस्तो जादु चलायो कि, सामाजिक सञ्जालमा उनको भिडियो ट्रेन्डिङमा आयो । उनलाई गायक हिमेशले गीत गाउने मौका दिए । अहिले खबर आएको छ कि, सलमान खानले ती बूढी महिलाको गीतबाट प्रभावित भएर आफ्नो आगामी फिल्म ‘दबंग ३’ मा मौका पनि दिने भएका छन् ।

त्यति मात्र होइन, सलमान खानले रानूलाई मुम्बईमा ५५ लाखको घर पनि गिफ्ट गरेका छन् । भारतीय मिडियामा यो खबर छाए पनि यसको आधिकारिक जानकारी भने आएको छैन ।

हिमेशले पनि रानूको गायनबाट प्रभावित भएर एउटा गीत गाएका थिए । हिमेशले रानूसँग गीत गाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका थिए । उक्त भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

रानूले सन् १९७२ मा रिलिज भएको फिल्म ‘शोर’ को गीत ‘एक प्यारका नगमा है’ गाएकी थिइन् । उक्त गीत गाएपछि एकाएक भाइरल बनिन् । उनको तुलना लता मंगेशकरसँग हुन थाल्यो ।

यसअघि रानू सोनी टिभीको एक रियालिटी शोमा पनि विशेष अतिथि बनेर पुगेकी थिइन् । रानू मुस्कुराउँदै भन्छिन्, ‘म रेल्वे स्टेशनमा यसकारण गाउँथे कि, मसँग बस्नका लागि घर थिएन, गीत गाएरै मैले आफ्नो पेट पाल्थेँ, कसैले बिस्कुट दिन्थ्यो, कसैले पैसा ।’

अहिले भने उनको जीवन फेरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १२ : ५१ बजे

शीर्ष क्रममा नचल्दा हार व्यहोर्‍यौँ: जनकपुरका कप्तान साह

काठमाडौं- जनकपुर बोल्ट्सका कप्तान अनिल साहले शीर्ष क्रमका ब्याटरले ओपनर

एनपीएलको पहिलो खेलमै राम्रो सुरुवात भयो: करण केसी

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा जनकपुर

शेख हसिनाबारे भारतले भन्यो : हामी बंगलादेशको घटनाक्रमलाई नियालिरहेका छौँ

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले बंगलादेशको पूर्व प्रधानमन्त्री शेख

राजेन्द्र लिङ्देन भन्छन्ः देशलाई राजनीतिक निकास दिन सर्वपक्षीय सहमति आवश्यक

कास्की – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई

काठमाडौँ महानगरले वडा कार्यालयमार्फत संस्थागत बहाल कर उठाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण संघरसंस्था, बहुउद्देश्यीय भवन तथा व्यावसायिक