मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश हुँदै « Khabarhub

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश हुँदै


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश हुने भएको छ । दर्ता भएको तीन महिनापछि विधेयक राष्ट्रिय सभामा पेश हुन लागेको हो ।

विधेयकका प्रावधानहरु संशोधन गर्न सरकारले सहमति जनाएपछि विधेयक पेश हुन लागेको हो । बिहीवारको वैठकमा विधेयक दर्ता हुन लागेको हो ।

गत वैशाखमा विधेयक राष्ट्रिय सभामा दर्ता भएपछि नेपाल पत्रकार महासंघ लगायत विभिन्न संगठनहरु आन्दोलनमा उत्रिएका थिए ।
पत्रकारहरु आन्दोलनमा उत्रिएपछि सरकारले विभिन्न पक्षसँग छलफल र वार्ता गर्दै संशोधन गर्न सकिने जनाएको थियो ।

त्यस्तै प्रमुख प्रतिपक्षी दलले यो विधेयक फिर्ता हुनुपर्ने भन्दै संसदमा विरोध गरेको थियो ।

दर्ता गरिएको विधेयकमा काउन्सिलका अध्यक्षलाई सरकारले हटाउन सक्ने, समाचार लेखेकै भरमा पत्रकारले १० लाख तिर्नु पर्ने लगायतका व्यवस्था राखिएको थियो । जसको तिब्र विरोध भएको थियो । विधेयकको दफा ३ मा मिडिया काउन्सिल बनाउने व्यवस्था गरिएको थियो ।

दफा १० मा काउन्सिलको अध्यक्षको पदावधिको व्यवस्था गरिएको छ । जहाँ नियुक्त हुने पदाधिकारीलाई सरकारले चाहेका बेला हटाउन सक्ने व्यवस्था प्रस्तावित थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १ : ३९ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको