मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश हुँदै | Khabarhub Khabarhub

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश हुँदै


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश हुने भएको छ । दर्ता भएको तीन महिनापछि विधेयक राष्ट्रिय सभामा पेश हुन लागेको हो ।

विधेयकका प्रावधानहरु संशोधन गर्न सरकारले सहमति जनाएपछि विधेयक पेश हुन लागेको हो । बिहीवारको वैठकमा विधेयक दर्ता हुन लागेको हो ।

गत वैशाखमा विधेयक राष्ट्रिय सभामा दर्ता भएपछि नेपाल पत्रकार महासंघ लगायत विभिन्न संगठनहरु आन्दोलनमा उत्रिएका थिए ।
पत्रकारहरु आन्दोलनमा उत्रिएपछि सरकारले विभिन्न पक्षसँग छलफल र वार्ता गर्दै संशोधन गर्न सकिने जनाएको थियो ।

त्यस्तै प्रमुख प्रतिपक्षी दलले यो विधेयक फिर्ता हुनुपर्ने भन्दै संसदमा विरोध गरेको थियो ।

दर्ता गरिएको विधेयकमा काउन्सिलका अध्यक्षलाई सरकारले हटाउन सक्ने, समाचार लेखेकै भरमा पत्रकारले १० लाख तिर्नु पर्ने लगायतका व्यवस्था राखिएको थियो । जसको तिब्र विरोध भएको थियो । विधेयकको दफा ३ मा मिडिया काउन्सिल बनाउने व्यवस्था गरिएको थियो ।

दफा १० मा काउन्सिलको अध्यक्षको पदावधिको व्यवस्था गरिएको छ । जहाँ नियुक्त हुने पदाधिकारीलाई सरकारले चाहेका बेला हटाउन सक्ने व्यवस्था प्रस्तावित थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १ : ३९ बजे

दक्षिण सुडानमा स्वास्थ्य अभियान सुरु, लाखौँलाई लाभ हुने अपेक्षा

एजेन्सी– दक्षिण सुडान सरकारले विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र

तुइन खोला क्षेत्रको पहिरो : पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

गण्डकी– मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा–

गुन्डूमा सुरू भयो खादा-मालाको ‘उत्सव’

काठमाडौं- नयाँ पुस्ताको भावनालाई बुझ्न नसक्दा केपी शर्मा ओली नेतृत्वको

ओरालो लाग्यो नेप्से, १९३ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.८९ अंकले घट्यो ।

आगजनीपछि अस्तव्यस्त सर्वोच्च अदालत (तस्बिरहरू)

काठमाडौं– त्रिपाल टाँगेर न्याय सम्पादन गरिरहेको सर्वोच्च अदालतमा आगोले खण्डर