मण्डलामा नाटक ‘महाभोज’ मञ्चन हुने « Khabarhub

मण्डलामा नाटक ‘महाभोज’ मञ्चन हुने


११ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘महाभोज’ मञ्चन हुने भएको छ । उक्त नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन् ।

भदौ १४ अर्थात् आउँदो शनिवारबाट मञ्चन हुने नाटक असोज १२ गतेसम्म चल्नेछ । मण्डला थिएटरका अनुसार सोमबारबाहेक हरेक दिन साँझ ५:१५ मा र शनिबार १ बजे पनि नाटक मञ्चन गरिने जनाइएको छ ।

राजनीतिले समाजलाई कसरी कुरुप बनाउँछ भन्ने विषय प्रस्तुत गरिएको यो नाटकमा रमेश बुढाथोकी, शेखर चापागाईं, राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, प्रदीपकुमार चौधरी, विजय बराल, प्रमिला खनाल, सोमनाथ खनाल लगायतले अभिनय गरेका छन् ।

यो नाटक हिन्दुस्तानकी प्रसिद्ध सहित्यकार मन्नु भण्डारीले लेखेकी हुन् । नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन् ।

प्रकाशित मिति : ११ भदौ २०७६, बुधबार  २ : ०३ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६