नेपाली युवा क्रिकेट टोलीले दोस्रो अभ्यास खेल बादुरेलियासँग खेल्ने « Khabarhub

नेपाली युवा क्रिकेट टोलीले दोस्रो अभ्यास खेल बादुरेलियासँग खेल्ने


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यु–१९ एसिया कप क्रिकेटका लागि श्रीलंकामा अभ्यासरत नेपाली युवा टोलीले बिहीबार (भोलि) दोस्रो अभ्यास खेल खेल्ने भएको छ ।
नेपाली युवा टोलीले श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग दोस्रो खेल खेल्ने निश्चित भएको छ ।

मंगलबार पहिलो अभ्यास खेल खेलेको नेपाली टोली ३ विकेटले पराजित भएको थियो । श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी) को यु–२३ टिमसँग पहिलो अभ्यास खेलमा पराजित भएको हो ।

यस्तै, नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेलमा चिल मारियन्ससँग खेल्नेछ ।

एसीसी यु–१९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ । प्रतियोगिताको आफ्नो पहिलो खेल आयोजक टोली श्रीलंकासँग भदौ २० गते खेल्दै एसिया कपको सुरुवात गर्नेछ ।

यस्तै दोस्रो खेल भदौ २२ गते बंगलादेश र अन्तिम खेल भदौ २४ गते युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्नेछ । नेपाली युवा टोली भदौ ७ गते श्रीलंका पुगेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  २ : ५७ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने