पाकिस्तानी सेनाको गतिविधि विरुद्ध कदम चाल्न अफगानिस्तानद्वारा संयुक्त राष्ट्रसंघलाई पत्राचार « Khabarhub

पाकिस्तानी सेनाको गतिविधि विरुद्ध कदम चाल्न अफगानिस्तानद्वारा संयुक्त राष्ट्रसंघलाई पत्राचार


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी सेनाले आफ्नो सीमा क्षेत्रमा उत्तेजक गतिविधि गरिरहेको भन्दै अफगानिस्तान सरकारले यस विषयमा आवश्यक कदम चाल्न भन्दै संयुक्त राष्ट्रसंघलाई पत्र लेखेको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई गत साता लेखेको पत्रमा अफगानिस्तान सरकारले पाकिस्तानी सेनाको उल्लङ्घनको कडा निन्दा गर्दै उत्तेजक एवं गैरकानूनी गतिविधिविरुद्ध आवश्यक कदम चाल्न आह्वान गरेको हो ।

अफगानिस्तान सरकारले पत्रमा पाकिस्तानी सेनाले अफगान भूमिमा सैनिक पोष्ट र छेकबार बनाएको, अगष्ट १९ र २० का दिन कुनार प्रान्तको शेल्तान जिल्लामा २ सय भन्दा धेरै रकेट प्रहार गरेको, आवशीय सम्पत्ति तथा स्थानीय मानिसहरुलाई विस्थापित गर्नेगरी हवाई क्षेत्रको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

पाकिस्तान सरकारलाई पटक–पटक आग्रह गर्दा पनि पाकिस्तानले आफ्नो गतिविधिलाई निरन्तरता दिएको पत्रमा उल्लेख छ ।
पत्रमा अफगानिस्तान सरकारले संयुक्त राष्ट्रसंघ घोषणापत्रको धारा २, अन्तर्राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको उल्लङ्घन गरेको मा समेत पाकिस्तानको चर्को आलोचना गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ३ : ५८ बजे

गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०