काभ्रेमा पाँच फरार प्रतिवादी पक्राउ « Khabarhub

काभ्रेमा पाँच फरार प्रतिवादी पक्राउ


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चाक– जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई काभ्रेपलाञ्चाक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जबर्जस्तीकरणी अभियोगका मण्डन देउपुर नगरपालिका–१० का ३१वर्षीय रामबहादुर लामा, अपहेलना मुद्दामा रोशी गाउँपालिका–१ का ५९ वर्षीय बेतमान तामाङ, चोरी मुद्दामा पाँचखाल नपा–८ होक्सेका ३१ बर्षीय कुमार तामाङ तथा कुटपिट मुद्दामा रोशी गाउँपालिका–८ का ४५ वर्षीया सुन्दरी तामाङ र ७० वर्षीया होसिला तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

जबर्जस्तीकरणी घटनाको महानगरीय प्रहरी वृत्त कालीमाटीमा मुद्दा दर्ता भएकाले अभियुक्त लामालाई उतै पठाइएको तथा यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, अन्य पक्राउ चार जना प्रतिवादीलाई भने काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बुझाइएको छ ।

जिल्ला अदालतले अपहेलना मुद्दामा बेतमान तामाङलाई छ दिन कैद र रु ५०० जरिवाना, चोरी मुद्दामा कुमार तामाङलाई चार महीना आठ दिन कैद र रु ७८,९०० जरिवाना तथा कुटपिट मुद्दाका दुई जना तामाङ महिलालाई रु १६०० जरिवाना तोकेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ४ : ०४ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र