काभ्रेमा पाँच फरार प्रतिवादी पक्राउ « Khabarhub

काभ्रेमा पाँच फरार प्रतिवादी पक्राउ


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चाक– जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई काभ्रेपलाञ्चाक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जबर्जस्तीकरणी अभियोगका मण्डन देउपुर नगरपालिका–१० का ३१वर्षीय रामबहादुर लामा, अपहेलना मुद्दामा रोशी गाउँपालिका–१ का ५९ वर्षीय बेतमान तामाङ, चोरी मुद्दामा पाँचखाल नपा–८ होक्सेका ३१ बर्षीय कुमार तामाङ तथा कुटपिट मुद्दामा रोशी गाउँपालिका–८ का ४५ वर्षीया सुन्दरी तामाङ र ७० वर्षीया होसिला तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

जबर्जस्तीकरणी घटनाको महानगरीय प्रहरी वृत्त कालीमाटीमा मुद्दा दर्ता भएकाले अभियुक्त लामालाई उतै पठाइएको तथा यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, अन्य पक्राउ चार जना प्रतिवादीलाई भने काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बुझाइएको छ ।

जिल्ला अदालतले अपहेलना मुद्दामा बेतमान तामाङलाई छ दिन कैद र रु ५०० जरिवाना, चोरी मुद्दामा कुमार तामाङलाई चार महीना आठ दिन कैद र रु ७८,९०० जरिवाना तथा कुटपिट मुद्दाका दुई जना तामाङ महिलालाई रु १६०० जरिवाना तोकेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ४ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै