मानव तस्करीका मुद्दा पहिचान नहुँदा समस्या ज्यूँका त्यूँ | Khabarhub Khabarhub

मानव तस्करीका मुद्दा पहिचान नहुँदा समस्या ज्यूँका त्यूँ


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विभिन्न बहानामा भइरहेका मानव तस्करीका मुद्दा पहिचान गर्न नसक्दा यो क्षेत्रको समस्या ज्यूँका त्यूँ रहेको सरोकारवालाको भनाइ छ ।

वैदेशिक रोजगारी, विवाह, बाल विवाह, धर्मपुत्रका नाममा मानव तस्करी हुने क्रम नरोकिएको उनीहरुले बताए । यसरी भइरहेका मानव तस्करीका मुद्दालाई सरकारले पहिचान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन नसक्दा समस्या जटिल बन्दै गएको उनीहरुको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोगले बुधबार राजधानीमा गरेको ‘मानव बेचबिखनका चुनौती’ विषयक कार्यक्रममा बोल्ने वक्ताले यस्तो धारणा राखेका हुन् ।

सरकारले मानव तस्करीका मुद्दामा गम्भीर भएर काम गर्न नसकेको आयोगकी सदस्य मोहना अन्सारीले आरोप लगाइन् । एक दशकदेखि नेपालबाट मानव तस्करी भइरहेको छ । मानव तस्करी नियन्त्रण गर्न सरकारले कानून बनाएपनि दोषीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न नसकेको उनको भनाइ छ ।

यस्तै, पछिल्लो समय मानव तस्करीका मुद्दा पनि वैदेशिक रोजगारीसँग जोडिन थालेका कारण दोषीको पहिचान गर्र्न कठिन भइरहेको नेपाल प्रहरीका मानव बेचबिखन ब्युरोका एसएसपी ईश्वर बहादुर कार्कीले बताए । मानव तस्करी पीडितले पनि क्षतिपूर्ति पाउने आशमा मानव तस्करका मुद्दा वैदेशिक रोजगारसँग जोडेर उजुरी गर्ने थालेको उनको भनाइ छ ।

नेपालबाट रोजगारीका नाममा सोझासाझा महिला तस्करी र बिक्री भइरहेको प्रति सरकार गम्भीर भएर काम गर्नुपर्ने कार्यक्रमका वक्ताले सुझाव दिएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ४ : १६ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको