दशैँका लागि १३ अर्बको नयाँ नोट, २० दिन अगाडि सवर्साधारणले साट्न पाउने « Khabarhub

दशैँका लागि १३ अर्बको नयाँ नोट, २० दिन अगाडि सवर्साधारणले साट्न पाउने


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट बजारमा ल्याउने तयारी शुरु गरेको छ । विगतमा जस्तै यो वर्ष पनि बैंकले आमजनताका लागि नयाँ नोट सटहीका लागि छिटै तयारी गरेको जानकारी दिएको छ ।

यो वर्ष बैंकले १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहीका लागि बजारमा ल्याउने भएको छ । बैंकले १८ हजार ५ सय रुपैयाँसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट तथा सोभन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने तयारी गरेको बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । कुन–कुन स्थानबाट नयाँ नोट सटही हुने भन्ने विषयमा बैंकले छलफल गरिरहेको उनको भनाइ छ ।

राष्ट्र बैंकले गत वर्षदेखि नै सर्वसाधारणको सहुलियतका लागि राष्ट्रिय पर्वमा नयाँ नोट सटही गर्दै आएको थियो । नव वर्ष, उभौली पर्व, छठ, बुद्ध जयन्ती, क्रिसमस, फाल्गुनन्द जयन्ती, गणतन्त्र दिवस, जनैपूर्णिमा, ल्होसार, इन्द्रजात्रालगायतका राष्ट्रिय पर्वहरुमा नयाँ नोट सटही गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । त्यसअघि दशैँ र तिहारमा मात्रै नयाँ नोट सटही हुँदै आएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ५ : ४२ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने