मोहनविक्रमले आफ्नै मामालाई गरे पार्टीबाट निश्कासन « Khabarhub

मोहनविक्रमले आफ्नै मामालाई गरे पार्टीबाट निश्कासन


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापामाथि कारवाही गरेको छ ।

पार्टीको मुखपत्रको रुपमा रहेको हाँक साप्ताहिकका विषयमा भएको विवादपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको वक्तव्यमा उल्लेख छ ।

यही भदौ ५ गते बसेको पोलिटब्युरो बैठकले थापालाई निश्कासन गरेको हो ।

हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादकसमेत रहेका थापा मसालका महामन्त्री मोहनविक्रम सिंहका मामा हुन् । महामन्त्री सिंहले आफ्नै मामाविरुद्ध गरेको कारवाहीलाई लिएर पार्टीभित्र अनुशासनको विषयले चर्चा पाएको छ ।

गुल्मी पुख्र्यौली घर भएका थापा विगत ५ दशकदेखि निरन्तर पार्टीको नेतृत्वमा थिए । हाँक साप्ताहिकको स्वामित्वलाई लिएर मसालमा विवाद थियो । मसालको मुखपत्र मानिने सो पत्रिका थापाको नाममा दर्ता थियो । पछिल्लो समय मसालभित्र कृष्ण पौडेललगायतका नेताहरुसँगै थापा पनि असन्तुष्ट समूहमा थिए ।

पञ्चायतकालमा व्यक्तिको नाममा दर्ता गर्नुपर्ने भएकाले पार्टीको मुखपत्र हाँक थापाका नाममा दर्ता गरिएको हुनाले नामसारी गरिदिन पार्टीले गरेको आग्रह थापाले नमानेको आरोप लगाउँदै उनलाई कारवाही गरिएको पार्टीद्वारा जारी वक्तव्यमा उल्लेख छ । यसअघि गायक जीवन शर्मालाई पार्टीले कारवाही गरिसकेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ६ : ०६ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी