मोहनविक्रमले आफ्नै मामालाई गरे पार्टीबाट निश्कासन « Khabarhub

मोहनविक्रमले आफ्नै मामालाई गरे पार्टीबाट निश्कासन


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापामाथि कारवाही गरेको छ ।

पार्टीको मुखपत्रको रुपमा रहेको हाँक साप्ताहिकका विषयमा भएको विवादपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको वक्तव्यमा उल्लेख छ ।

यही भदौ ५ गते बसेको पोलिटब्युरो बैठकले थापालाई निश्कासन गरेको हो ।

हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादकसमेत रहेका थापा मसालका महामन्त्री मोहनविक्रम सिंहका मामा हुन् । महामन्त्री सिंहले आफ्नै मामाविरुद्ध गरेको कारवाहीलाई लिएर पार्टीभित्र अनुशासनको विषयले चर्चा पाएको छ ।

गुल्मी पुख्र्यौली घर भएका थापा विगत ५ दशकदेखि निरन्तर पार्टीको नेतृत्वमा थिए । हाँक साप्ताहिकको स्वामित्वलाई लिएर मसालमा विवाद थियो । मसालको मुखपत्र मानिने सो पत्रिका थापाको नाममा दर्ता थियो । पछिल्लो समय मसालभित्र कृष्ण पौडेललगायतका नेताहरुसँगै थापा पनि असन्तुष्ट समूहमा थिए ।

पञ्चायतकालमा व्यक्तिको नाममा दर्ता गर्नुपर्ने भएकाले पार्टीको मुखपत्र हाँक थापाका नाममा दर्ता गरिएको हुनाले नामसारी गरिदिन पार्टीले गरेको आग्रह थापाले नमानेको आरोप लगाउँदै उनलाई कारवाही गरिएको पार्टीद्वारा जारी वक्तव्यमा उल्लेख छ । यसअघि गायक जीवन शर्मालाई पार्टीले कारवाही गरिसकेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ६ : ०६ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी