अप्रत्याशित रूपमा रवि लामिछानेले लाखौं नेपालीको मन जिते । भलै अदालतको विश्वास पूर्णतः जित्न सकेनन् ।
रविको पक्षमा देखिएको जनअभिमतले पक्कै पनि नेतृत्वलाई नराम्ररी झस्काएको हुनुपर्छ भने समर्थकहरुलाई उक्साएको र स्वयं रविलाई यसले हर्षित एवं दरिलो बनाएको विश्वास लिन सकिन्छ ।
भुइँका जनताको आवाज, गुनासो, पीडा र भ्रष्टाचार बिरुद्धको खरो अभियक्ति एउटा संचारकर्मीको बलियो अभिमत बनेर उभियो । त्यसर्थ समर्थकहरुले रवि लामिछानेलाई राजनीतिक नेतृत्वमा देख्न चाहँनु र राजनीतिमा आउन आह्वान गर्नु वर्तमान राजनीतिक नेतृत्वप्रतिको वितृष्णा नै हो भन्दा उतिशयोक्ति नहोला ।
यही कर्मचारीतन्त्र, यही भागबन्डा, यही पद्दती र यही आसेपासे कुसंस्कारको जालो नच्यातेसम्म वा क्रमशः च्यात्दै नजाने हो भने रवि त के चिनियाँ राष्ट्रपतिले नेपाली नागरिकता लिएर देश बनाउँछु भनेर कसम खाएर आएपनि तात्विक रुपमा नेपालले ठूलो छलाङ मार्न सक्दैन ।
यो केबल एक ब्यक्तिको चाहना र प्रयासले मात्रै सफल हुँदैन । सामूहिक प्रयत्न र इच्छाशक्तिले मात्रै विकृती, बिसङ्गती र भष्ट्राचारको जालो च्यात्न सकिन्छ । क्षणिक लोकप्रियता र चर्चाले मानिसलाई चर्तित त बनाउछँ तर दिगो रहिरहन कठिन हुँदोरहेछ भन्ने उदाहरण हाम्रो सामु नै छ । कुनै निश्चित विषयले चर्चामा रहनु र देश विकास, विकृति, विसंगती, भ्रष्टाचारको अन्त्य गर्नु फरक कुरा हो ।
रविन्द्र मिश्र स्वतन्त्र पत्रकारको रूपमा रहँदासम्म कति हिट र चर्चित थिए भन्ने धेरैलाई थाहा भएको कुरा हो । जसको शब्दहरुले राष्ट्रप्रतिको प्रेम मात्रै बढाउँदैनथ्यो त्यतिकै जागरुक बन्न पनि प्रेरित गर्थ्यो ।
स्वतन्त्र पत्रकारिताकाको रुपमा भ्रष्टारी, विकृति, राजनीतिक दाउँपेचका विषमा मिश्रले सोध्ने तिखा प्रश्नहरुले नेपालीको मुटु ढक्क फुल्न जान्थ्यो ।
पत्रकारिता छोडेर उनी राजनीतिमा लागे । सायद उनमा सामाजिक सञ्जालमा उनको पक्षमा भएको समर्थन, पत्रपत्रिकामा, अनलाइन र सञ्चारमाध्यममा आउने उनको स्टोरीले उनमा आफू ‘सेलिब्रेटी’ हुँ भन्ने परेको थियो भने देखिएको थियो पनि त्यस्तै ।
तर जब उनी राजनीतिको टोपी भिरेर मैदानमा आए तब हिजो टिकट काटेर उनको भाषण सुन्न टाढाटाढाबाट आउने युवा र उनका फ्यानहरु मुन्टो बटार्दै हिँड्थे । त्यसैगरि नागरिक अगुवाको रुपमा चर्चामा रहेका डा.देवेन्द्रराज पाण्डेले २०४७/४८ सालमा लोक दल खोलेर वैकल्पिक शक्तिको वकालत गरेका थिए तर उनी पनि यत्तिकै विलाए ।
त्यसैले अहिले देखिएको राजनीतिक वितृष्णाबाट जन्मिएको लोकप्रियतालाई आधार बनाएर रवि लामिछानेलाई राजनीतिमा आउन आह्वान गर्नु केबल शुभेच्छुकहरको नैराश्यता र राजनीीतक व्यक्तिप्रतिको आक्रोश र कुण्ठा मात्र हो ।
रविको पक्षमा देखिएको यो अभिमत केबल स्वतन्त्र रहिन्जेल भीडको रुपमा रहने तर राजनीतिको लगौटी कसेपछि क्रमशः छिन्नभिन्न हुनेछ भन्ने कुराको उदाहरण भारतमा अप्रत्याशित उदाएर त्यसरी नै हराएको आम आदमी पार्टीलाई हेरे पुग्छ ।
त्यसर्थ बरु रवि लामिछानेलाई राजनीतिमा आउनको लागि आह्वान हैन यहि ब्यबस्था भित्रको विकृती , बिसङ्गती , असमानता, भ्रष्ट्राचार, कालो बजारीबिरुद्ध अझ शसक्त भएर गरीब, पीडित , आवाजबिहिनहरुको पक्षमा आवाज उठाएर नेतृत्व र सम्बन्धि पक्षलाई खबरदारी गर्न आग्रह गरौं। सहयोग गरौं ।
सभ्य, शालिन र थप जिम्मेवार भएर नेतृत्व र ब्यव सुधार गर्नका लागि आफ्नो कर्म गरिरहुन् । सबैले यही शुभेच्छा राखौं ।
एक नारायण पौडेल
भरतपुर नगरपालिका वडा नं– १३, चितवन
प्रतिक्रिया