युनाइटेडले चाहे फर्किन तयार छु : जाल्टन इब्रामोभिच « Khabarhub

युनाइटेडले चाहे फर्किन तयार छु : जाल्टन इब्रामोभिच


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी लिग एलए ग्यालेक्सिका स्ट्राइकर जाल्टन इब्रामोभिचले पूर्व क्लब म्यान्चेस्टर युनाइटेडले चाहेको खण्डमा आफू फर्किन तयार रहेको बताएका छन् ।

एलए ग्यालेक्सिमा उनको सम्झौता आगामी नोभेम्बरमा सकिँदैछ । ३७ बर्षीय स्वडीस खेलाडी इब्रामोभिचले अमेरिकी लिगमा खेलेका ४९ खेलमा ४६ गोल गरेका छन् । उनी सन् २०१८ मा अमेरिका पुगेका थिए ।

‘प्रिमियर लिगमा म सजिलै खेल्न सक्छु । त्यसैले यदि युनाइटेडले मलाई लिन चाहन्छ भने म जान तयार छु’, इब्रामोभिचले भने ।

इब्रामोभिचले सन् २०१६–०१७ मा प्रिमियर लिगको सिजनमा २८ गोल गरेका थिए । २ बर्षको सम्झौता गरेर प्रिमियर लिग क्लब युनाइटेडमा आबद्ध भएका उनी घुँडामा चोट लागेपछि युनाइटेडसँगको सम्झौताबीचैमा छाडेका थिए ।

अहिले उनलाई युनाइटेडले आवद्ध गरेपनि जनवरीसम्म भने खेल्न पाउने छैनन् । युनाइटेडमा रहँदा इब्रामोभिचले लिग कप, कम्युनिटी सिल्ड र युरोपा लिग उचालेका थिए । गएको डिसेम्बरमा उनले यो सिजनका लागि ग्यालेक्सिसँग सम्झौता गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ६ : ३६ बजे

ओलीको जिकिर : सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि

‘सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

एजेन्सी– मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काडमाडौं– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

रोग नियन्त्रणमा खानपान र औषधिको भूमिका : यस्ता छन् भ्रम र यथार्थ

काठमाडौं– अहिलेको समयमा मानिसहरू आफ्नो खानपानका बारेमा निकै सचेत भएका