क्याननले ल्यायो नयाँ मोडलका दुई क्यामेरा, यस्ता छन् विशेषता « Khabarhub

क्याननले ल्यायो नयाँ मोडलका दुई क्यामेरा, यस्ता छन् विशेषता


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापानी क्यामेरा निर्माता कम्पनी क्याननले दुई नयाँ मोडलका क्यामेरा सार्वजनिक गरेको छ । क्याननले इओएस ९०डी र इओएस एम६ मार्क२ सार्वजनिक गरेको हो ।

समान क्षमता भएपनि भिन्नाभिन्नै आकारका यी क्यमेरामा ३२.५ मेगापिक्सलको एपीएस–सी इमेज सेन्सर राखिएको छ । डीआईजीआईसी ८ इमेज प्रोसेसर रहेका यी क्यामेरामा १/१६००० क्षमताको इलेक्ट्रोनिक सटर छ ।

त्यस्तै, यी क्यामेरामा अनक्रप्ड ४ के/३० भिडियो रेकर्डिङ, लाइभ भ्यूमा ५,४८१ सेलेक्टेबल पोइन्ट्स सहित डुअल पिक्सल अटोफोकस सुविधा छन् । दुबै क्यामेरामा वाईफाई, ब्लूटूथ कनेक्टिभिटी र युएसबी–सी समेत जडान गरिएको छ । ९० डी क्यामेरा अन्य मिड रेन्जको डीएसएलआर क्यामेराजस्तै रहेपनि एम६ मार्क२ भने सन् २०१७ मा सार्वजनिक गरिएको एम६ जस्तै छरितो देखिन्छ ।

एम६ मार्क २ मा १४ एफपीएस शुटिङ क्षमता रहेको छ भने ९० डीमा १० एफपीएस छ । यसअघि सन् २०१६ मा सार्वजनिक गरिएको ८० डी क्यामेरामा केबल ७ एफपीएस शुटिङ क्षमता रहेको थियो ।

दुबै क्यामेरा आगामी महिनाबाट उपलब्ध हुने बताइएको छ । ९० डी क्यामेराको मूल्य १,१९९ अमेरिकी डलर तोकिएको छ भने एम६ मार्क २ को मूल्य ८४९.९९ अमेरिकी डलर तोकिएको छ । दुबै क्यामेराका लागि बेग्लै क्यानन लेन्स किट पनि उपलब्ध छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : ४८ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका