चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेश हुँदै « Khabarhub

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेश हुँदै


१४ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवारेधबीच प्रतिनिधिसभाबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा टेबुल हुँदैछ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । नियमावलीअनुसार प्रतिनिधिसभाबाट आएको विधेयक दुई महिनाभित्र राष्ट्रियसभाले पारित गर्नुपर्ने वा संशोधनदसहित प्रतिनिधिसभामा फिर्ता पठाउन सक्नेछ ।

चिकित्सा विधेयक विरोधकाबीच पारित भएको विरोधमा पनि प्रदर्शन जारी छ । चिकित्सक संघको अगुवाईमा डाक्टरहरुले आन्दोलन थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र उसका भातृ संगठनले गरिरहेको प्रदर्शन भन्दा पनि डाक्टरहरुले थालेको आन्दोलनले देशभर नियमित उपचार सेवा अस्तव्यस्त बन्न थालेको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १९ दिनदेखि अनशन बसिरहेका डा। गोविन्द केसीको माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले नेपाल चिकित्सक संघको नेतृत्वमा सोमबारदेखि चिकित्सकहरुले सामूहिक अनशन सुरु गर्ने भएका छन् । डा. केसीसँग भएको सहमतिविपरीत प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि चिकित्सकहरुले उनको माग पूरा नभएसम्म अनशन जारी राख्ने भएका हुन् । चिकित्सकहरुले त्रिवि शिक्षण अस्पतालमा दैनिक विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म अनशन बस्ने कार्यक्रम छ ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ । केन्द्रीय कार्य समितिको बैठकले आगामी २१ गते देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो ।

सरकारले आफूहरुको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र पार्टीका पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई वटा अस्पताल खारेज गर्ने प्रयास गरेको भन्दै त्यसविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने तयारी थालेको हो ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ७ : ०९ बजे

कास्कीको घान्द्रुकमा पर्यटकीय चहलपहल

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति