यसरी जोगाउनुहोस् मोबाइल | Khabarhub Khabarhub

यसरी जोगाउनुहोस् मोबाइल


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

यतिबेला तपाईंको हातमा कुन मोबाइल छ । अनि यो कति सुरक्षित छ । तपाईंले आँकलन गर्नुभएको छ ।
मोबाइल आम व्यक्तिका लागि अत्यावश्यक भइसकेको छ । अब यसको सुरक्षा मुख्य चुनौती हो । मोबाइललाई जोगाउन केहि कुरामा ध्यान दिन आवश्यक छ ।

तपाईंको हातमा भएको मोबाइल यसरी जोगाउनुहोस् :

लामो समय चार्ज नगर्ने
मोबाइल फुल चार्ज भइसकेपछि चार्जबाट तुरुन्त निकाल्नुपर्छ । धेरैले जतिवेला पनि चार्जमा राखेको पाइन्छ । धेरै समय चार्जमा राख्दा मोबाइल पड्किने डर हुन्छ । मोबाइल चार्ज गरिसकेपछि स्पिच अफ गरेर राख्नुपर्छ ।

ब्याक साइड

स्मार्टफोनको डिस्प्लेबाहेकको भागलाई पनि उत्तिकै सुरक्षित राख्नु आवश्यक पर्छ । पछाडिको भाग नकोरियोस् वा नफुटोस् भनेर ब्याक कभर प्रयोग गर्नुपर्छ । ब्याक कभरले स्मार्टफोनलाई सुरक्षित र आकर्षक दुवै बनाउँछ । मोबाइल फोनको साइजअनुसार टिपिक्क मिल्ने कभर प्रयोग गर्नुपर्छ । खुकुलो कभर फुत्किने पनि डर हुन्छ ।

डिस्प्लेको सुरक्षा

कुनै पनि स्मार्टफोनको डिस्प्ले निकै संवेदनशील हुन्छ । डिस्प्लेको सानो भाग फुट्यो वा कोतरियो भने पनि नराम्रो देखिन्छ । डिस्प्ले सुरक्षाका लागि विभिन्न प्रकारका प्लास्टिकका खोल पाइन्छ । यस्ता खोलले डिस्प्ले फुट्न वा स्क्र्याच हुनबाट जोगाउँछ ।

चोरी हुनबाट यसरी जोगाउने

मोबाइल हराउनुको अर्थ त्यहाँ भएका गोप्य कागजात र अभिलेख गुम्नु पनि हो । तसर्थ, मोबाइलधनीले समयमै सावधानी अपनाउन आवश्यक छ ।

चोरीबाट जोगाउन स्मार्टफोनमा रहेको एन्ड्रोइड डिभाइस म्यानेजरलाई एक्टिभ बनाउनुपर्छ, ताकि फोन हराउँदा कहाँ लगिएको छ भन्ने स्थान पत्ता लगाउन सकियोस् । कतिपय स्मार्टफोनमा गुगल ‘साइन इन’ हुन्छ, जसबाट हराएको मोबाइल तत्कालै फेला पार्न सकिन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : ४९ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता