दुईतिहाइको सरकार ‘उखाने’ मात्रै- नेता सिंह « Khabarhub

दुईतिहाइको सरकार ‘उखाने’ मात्रै- नेता सिंह


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई ‘उखाने’को संज्ञा दिएका छन् । सरकारले चाडका बेलाको जोखिमपूर्ण यात्रा र अतासलाग्दो नागढुंगाको जाम पनि खुलाउन नसकेको भन्दै आलोचना गरे ।

काठमाडौं निर्वाचन क्षेत्र नं. १ ले आज आयोजना गरेको शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भाषण र उखान टुक्काले देश नचल्ने बताए ।

उनले ओली नेतृत्वको सरकारले नागढुंगाको जाम खुलाउन नसक्दा सर्वसाधारणको ज्यान गएको भन्दै हुतिहारा सरकार ले जाम समेत खुलाउन ध्यान नदिनु लाजमर्दो भयको बताए ।

नेपाली कांग्रेसका नेता सिंहले नागढुंगा–नौबीसे सडकको जाम पनि खुलाउन नसक्ने सरकारका कारण सर्वसाधारणले ज्यान गुमाउन परेको भन्दै आक्रोश व्यक्त गरे ।

‘यो सरकारसँग जनताले धेरै ठूलो अपेक्षा गरेर झण्डै दुईतिहाइको मत दिएका थिए’ उनले भने, ‘भाषण गरेर, उखान, टुक्का भनेर हुँदैन ।’

नेता सिंहले वर्तमान सरकारले दुईतिहाइ बहुमत पाएको सरकारले जनतालाई राहत दिनुपर्नेमा पर्ने मा चाडपर्व को समय मा चर्को मुल्यबृदिको मार खेप्नु परेको तर्फ जिम्मेवार बन्न सरकार लाई आग्रह समेत गरे ।

बजारमा दैनिक उपभोग्य सामानको मूल्य ह्वात्तै बढेको बताउँदै नेता सिंहले काम गर्न नसकेर असफल भएको बताए ।

‘यो सरकारले काम गर्न सकेको छैन । जनताको न्युनतम चाहना पनि पूरा गर्न सकेन’ उनले भने, ‘हरेक ठाउँमा असफल भएको छ ।’

वर्तमान सरकारलाई संविधान विपरितका काम नगर्न चेतावनी दिएका छन् । नेता सिंहले सी विचारधारालाई ल्याएर अरु काम को प्राथमिकता छाडेर अनावश्यक कुरामा केन्द्रित भएको आरोप लगाए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १० : ११ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव