भारतीय मूलका सन्दीप धालिवालको अमेरिकामा गोलीहानी हत्या « Khabarhub

भारतीय मूलका सन्दीप धालिवालको अमेरिकामा गोलीहानी हत्या


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय मूलका एक प्रहरी अधिकारीको अमेरिकाको टेक्सास शहरमा गोली हानी हत्या भएको छ ।

उनी भारतीय मूलका शिख प्रहरी अधिकारीको गोली हानी हत्या भएको हो । ज्यान गुमाउनेमा ह्यारिस काउन्टीका सेरिफ डेपुटी सन्दीप धालिवाल रहेका छन् ।

उनले शुक्रबार दिउँसो पौने १ बजे सवारी नियम उलंघन गर्ने एक कारलाई ट्राफिक स्टपमा रोकेका थिए ।

ड्राइभरसिटको ढोका खुल्ला रहेको कारको त्यो ढोका लगाइदिएर उनी आफ्नो प्याट्रोलिङ गाडीमा फर्कदै गर्दा ड्राइभिङ सिटमा रहेको व्यक्ति निस्केर उनलाई पछाडिबाट दुई राउण्ड गोली प्रहार गरेको थियो ।

गोलीप्रहार गरेपछि ऊ तुरूत फर्केर गाडी हाँक्दै भागेको थियो । गम्भीर घाइते अवस्थामा स्थानीय मेमोरियल हर्मन अस्पतालमा भर्ना गरिएका उनको उपचारको क्रममा निधन भयो ।

यसैबीच उनलाई गोलीप्रहार गरी भागेको ४७ वर्षीय रबर्ट सलिसलाई नजिकैको एक स्टोबाट पक्राउ गरिएको छ । गोली प्रहार गर्ने व्यक्ति अपराधी पृष्ठभूमिको रहेको पुष्टि भएको छ ।

उसलाई सन् २००२ मा अपहरणको घटनामा २० वर्ष सजाय भएको थियो । सन् २०१४ मा जमानतमा छुटेको उसले सन् २०१७ मा उसकी केटी साथीलाई आक्रमण गरी ज्यान मार्ने कोशिस गरेको थियो ।

४२ वर्षीय धालिवाल सेरिफ डेपुटी हुने पहिलो शिख थिए । १० वर्षदेखि कार्यरत उनका तीन सन्तान रहेको बताइएको छ । उनी आफ्नो समुदाय र परोपकारी कामका लागि सुपरिचत रहेको उनका सहकर्मीले बताएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १२ : १२ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको