भारतीय मूलका सन्दीप धालिवालको अमेरिकामा गोलीहानी हत्या « Khabarhub

भारतीय मूलका सन्दीप धालिवालको अमेरिकामा गोलीहानी हत्या


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय मूलका एक प्रहरी अधिकारीको अमेरिकाको टेक्सास शहरमा गोली हानी हत्या भएको छ ।

उनी भारतीय मूलका शिख प्रहरी अधिकारीको गोली हानी हत्या भएको हो । ज्यान गुमाउनेमा ह्यारिस काउन्टीका सेरिफ डेपुटी सन्दीप धालिवाल रहेका छन् ।

उनले शुक्रबार दिउँसो पौने १ बजे सवारी नियम उलंघन गर्ने एक कारलाई ट्राफिक स्टपमा रोकेका थिए ।

ड्राइभरसिटको ढोका खुल्ला रहेको कारको त्यो ढोका लगाइदिएर उनी आफ्नो प्याट्रोलिङ गाडीमा फर्कदै गर्दा ड्राइभिङ सिटमा रहेको व्यक्ति निस्केर उनलाई पछाडिबाट दुई राउण्ड गोली प्रहार गरेको थियो ।

गोलीप्रहार गरेपछि ऊ तुरूत फर्केर गाडी हाँक्दै भागेको थियो । गम्भीर घाइते अवस्थामा स्थानीय मेमोरियल हर्मन अस्पतालमा भर्ना गरिएका उनको उपचारको क्रममा निधन भयो ।

यसैबीच उनलाई गोलीप्रहार गरी भागेको ४७ वर्षीय रबर्ट सलिसलाई नजिकैको एक स्टोबाट पक्राउ गरिएको छ । गोली प्रहार गर्ने व्यक्ति अपराधी पृष्ठभूमिको रहेको पुष्टि भएको छ ।

उसलाई सन् २००२ मा अपहरणको घटनामा २० वर्ष सजाय भएको थियो । सन् २०१४ मा जमानतमा छुटेको उसले सन् २०१७ मा उसकी केटी साथीलाई आक्रमण गरी ज्यान मार्ने कोशिस गरेको थियो ।

४२ वर्षीय धालिवाल सेरिफ डेपुटी हुने पहिलो शिख थिए । १० वर्षदेखि कार्यरत उनका तीन सन्तान रहेको बताइएको छ । उनी आफ्नो समुदाय र परोपकारी कामका लागि सुपरिचत रहेको उनका सहकर्मीले बताएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १२ : १२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक