अफगानिस्तानमा राष्ट्रपति चयनका लागि मतदान जारी, कडा सुरक्षा व्यवस्था « Khabarhub

अफगानिस्तानमा राष्ट्रपति चयनका लागि मतदान जारी, कडा सुरक्षा व्यवस्था


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा शनिबार नयाँ राष्ट्रपतिचयनका लागि मतदान भइरहेको छ । मतदानमा सुरक्षाका लागि हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

मतदानलाई प्रभाावित पार्न तालिबानले मतदान केन्द्रलाई लक्षित गरेर आक्रमण गर्ने धम्की दिएका थिए ।

अफगान तालिबानकै कारण दुई पटक सारिएको उक्त निर्वाचनका लागि कडा सुरक्षा व्यवस्थाबीच जारी रहेको छ । केही समयअघिको अमेरिका र तालिबान विद्रोही समूहबीचको शान्तिवार्ता भङ्ग भएपछि यो निर्वाचन आयोजना गरिएको छ ।

हाल अफगानिस्तानको प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह र निवर्तमान राष्ट्रपति असरफ घानीबीच राष्ट्रपतिका लागि प्रतिस्पर्धा हुने भएको छ । उनीहरु सन् २०१४ देखि सत्तामा रहँदै आएका छन् ।

सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिबान सत्तालाई हटाइदिएको थियो । तालिबानले सत्ताच्युत गरेपछिको अवस्थामा आज मतदान जारी रहेको यो चौथो निर्वाचन हो ।

यो निर्वाचनबाट आएको नेतृत्वले पनि यसअघि जस्तै तालिबानहरुलाई शान्तिवार्तामा ल्याइ देशको हिंसाको अवस्थाको अन्त्य गर्ने एजेण्डा अघि सारेको छ ।

त्यसैले आजको निर्वाचनबाट निर्वाचित हुने उम्मेदवारले पनि देशको इतिहासमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ । तर तालिबानले हालसम्म सरकारलाई अवैधानिक भन्दै प्रत्यक्ष वार्ता गर्न मानेको छैन ।

तालिबान विद्रोही समूहले शान्ति वार्ताको एजेण्डामा अमेरिकासँग सहमति भएपछि मात्रै अफगानिस्तानको सरकारसँग वार्ता गर्ने बताएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ४ : २९ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले