भारी वर्षासँगै काठमाडौं उपत्यकाभित्रै हिमपात « Khabarhub

भारी वर्षासँगै काठमाडौं उपत्यकाभित्रै हिमपात


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज (बिहीबार) बिहानै देखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । वर्षासँगै हिमपात पनि परेको छ । हिजो (बुधबार) पनि उपत्यकासहित देशभरका विभिन्न ठाउँमा वर्षा हुनुका साथै केही ठाउँमा असिना परेको थियो भने मनाङ, मुस्ताङमा हिमपात नै परेको थियो ।

हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ ।

विगत वर्षहरुमा भन्दा यो वर्ष हिउँदमा तुलनात्मक रुपमा बढी पानी परिरहेको छ । शनिबार राति भित्रिएको पश्चिमी वायुका कारण देशभर बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम आइतबारसम्म जारी रहने महाशाखाले जनाएको छ ।

प्रसान्त सागरमा ल्यानिनो चक्र चल्दा नेपालमा बढी वर्ष भएको मौसमविद् मणिरत्न शाक्यले बताए । जाडो मौसममा पश्चिमी वायु चल्दा समुन्द्रवरिपरि औसतभन्दा कम तातो भएर जलवाष्पलाई ठेल्दै इरान, पाकिस्तान, जम्मु कास्मिरहुँदै नेपाल प्रवेश गर्ने पनि उनले बताए ।

त्यस्तै पसान्त सागरमा इल निनो चक्र चल्दा भने नेपालमा कम पानी पर्ने शाक्यले जानकारी दिए।

१२ वर्षपछि उपत्यकामा हिमपात

काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

भक्तपुर, मध्यपुरथिमि, चाँगुनरायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौँ र ललितपुरमा समेत हिमपात भएको छ ।

हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन् । हिमपातले भक्तपुर हुँदै नगरकोटतर्फ आउने यातायात सेवा बिहानैदेखि अवरुद्ध तेलकोटका सोम शर्मा बजगाईंले जानकारी दिए ।

हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटक हिउँ खेल्न आउने क्रम भने बढेको र दिनभर पर्यटकको ओइरो लाग्ने अपेक्षा गरिएको होटल व्यवसायी गोकुल लामिछानेले बताए । शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका छन् । १२ वर्षअघि दिउँसो हिमपात भएको थियो भने आज बिहानै हिमपात भएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ७ : १३ बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको