ट्रम्पकै निर्देशनमा सम्पूर्ण काम गरेको पूर्व वकिलको दाबी « Khabarhub

ट्रम्पकै निर्देशनमा सम्पूर्ण काम गरेको पूर्व वकिलको दाबी


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनले आफूले तत्कालीन रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पकै प्रत्यक्ष निर्देशन र जानकारीमै सम्पूर्ण काम गरेको दाबी गरेका छन् ।

अमेरिकी संसदीय समितिले ६ घण्टा भन्दा बढी सोधपुछका क्रममा कोहेनले ट्रम्पकै योजनामा आफूले गैरकानुनी काम गरेको बताएका हुन् । उनले ट्रम्पले विकिलिक्स वेभसाइटमा प्रतिद्वन्द्वी हिलारी क्लिन्टनबारे आफ्ना राजनीतिक सहयोगी रोजर स्टोनसंग कुराकानी गरेको बताए । उनले ट्रम्पले चुनावको मुखमा गोप्यता ठाकछोप गर्न ट्रम्पसंग यौन सम्पर्क राखेका २ महिलालाई आफूले ट्रम्पकै निर्देशनमा रकम दिएर ढाकछोप गरेको स्वीकारे ।

उनले ट्रम्प विश्वासयोग्य नभएको तथा नश्लबादी रहेको समेत आरोप लगाए । कोहेनले रुसको राजधानी मस्कोमा ट्रम्प टावर बनाउने बारे डोनाल्ड ट्रम्प जानकार रहेको र आफूले पटक–पटक सो बारे ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनीयर र छोरी इभाङका ट्रम्पसंग समेत कुराकानी गरेको बताएका छन् । कोहेनले निर्वाचनको अभियानका दौरान गैरकानूनी काम गरेको स्वीकार गरेपछि ३ वर्ष कैद सजाय भोगिरहेका छन् । उनले आफूले राष्ट्रपतिबाट क्षमा पाउने आशा नगरेको समेत बताएका थिए ।

राष्ट्रपति ट्रम्पको रुससंगको सम्बन्ध र चुनाबी अभियानका क्रममा भएको गतिविधिलाई छाकछोप गर्न कानुनी प्रक्रिया अबरुद्ध गरे÷नगरेको बारे अनुसन्धान गरिरहेका विशेष अभियोजक रोबर्ट मुलरले अनुसन्धानको बिबरण बुझाउने क्रममा कोहेनको सार्वजनिक सोधपुछ भएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १० : ०२ बजे

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश