काठमाडौंलाई व्यवस्थित बनाउन सीसीटीभी जडान हुने | Khabarhub Khabarhub

काठमाडौंलाई व्यवस्थित बनाउन सीसीटीभी जडान हुने


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरको सुव्यवस्थापनका लागि काठमाडौं महानगर भित्र सीसीटीभी जडान हुने भएको छ । यसका लागि काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी परीसर काठमाडौंबीच समझदारी भएको छ ।

राष्ट्रियसभागृहमा आयोजत एक कार्यक्रममा काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी परीसर काठमाडौंका बीच काठमाडौं महानगरपालिका क्षेत्रभित्रको शहरी सु–व्यवस्थापनका विविध क्षेत्रहरु (शान्तिसुरक्षा कायम, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण तथा समग्र सहरी सुशासनसँग सम्बन्धित विषयहरु) मा प्रभावकारी कार्यसम्पादन गरी काठमाडौं महानगरपालिका क्षेत्रभित्रको सूचना संयन्त्रलाई प्रभावकारी बनाई त्यसको उपयोगबाट गुणात्मक नतिजा हासिल गर्न यो सम्झौता भएको हो ।

नगर कार्यपालिकाको मिति २०७५ माघ २५ गतेको बैठकको निर्णय तथा तथा २०७५ भदौ ९ गते समुदाय प्रहरी साझेदारी अवधारणा कार्यान्वयन गर्न पक्षहरु बिच भएको समझदारी पत्र समेतका आधारमा यो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हस्ताक्षरसँगै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरीय प्रहरी परीसर, काठमाडौंलाई तीन करोडको चेक हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरपछि बोल्दै मेयर शाक्यले तीन करोडसँगै महानगरीय प्रहरी परीसरलाई काठमाडौं महानगरपालिकाले जिम्मेवारी पनि थपिदिएको जानकारी दिए । ‘प्रहरीलाई हामीले पैसा होइन जिम्मेवारी थपिदिएका छौँ,’ मेयर शाक्यले भने, ‘सहकार्य निरन्तर रहन्छ । काठमाडौँ महानगरपालिकाको शान्तिसुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, दुर्घटना न्यूनिकरण गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, फुटपाथ अतिक्रमण नियन्त्रण गर्ने, प्रदुषण न्यूनिकरण तथा सार्वजनिक सम्पत्ति संरक्षण तथा समग्र सहरी सुशासनका लागि वर्दीवाला प्रहरी र हामी विनावर्दीका नागरिकको उदेश्य एउटै छ । यसका लागि यो सम्झौता सहयोगी बन्ने अपेक्षा गरेका छौँ ।’

सम्झौतापछि अपराधि पत्ता लगाउन होइन अपराध नै हुन नदिनका लागि यो कार्यक्रम फलदायी हुने मेयर शाक्यले जानकारी दिए । उनले यो कार्यक्रम अन्य स्थानीय सरकारका लागि पनि उदाहरणीय हुने पनि उनले बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ महानगरपालिकालाई प्रविधि र सुचनामैत्री बनाउनका लागि महानगरपालिकाले गरेको पहल उदाहरणीय भएको भन्दै प्रसंशा गरे । ‘प्रहरी र समूदाय साझेदारी कार्यक्रम लिएर हामी मुलुकभरी नै गएका छौँ,’ खनालले भने, ‘काठमाडौँ महानगरपालिकाले गरेको प्रयास अनुकरणीय छ । शहरलाई सुरक्षित राख्न यो नयाँ थप फलदायी हुनेछ ।’

सम्झौतामा भौगोलिक क्षेत्रभित्र शान्ति सुरक्षा, अमनचयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक तथा सम्पदा क्षेत्रहरुको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालीन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र सहरी सुशासनसँग सम्बन्धित विषयहरुमा सम्झौताका पक्षहरुले सहकार्य गरी सीसीटीभी प्रणाली जडान, सञ्चालन, मर्मत सम्भार र संचार तथा सूचनाको उपयोग गर्ने समग्र प्रणालीमा साझेदार भर्ई सञ्चालन गरिनेछ ।

सम्झौतापत्रमा महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र सिसिक्यामरा जडान गर्ने विभिन्न स्थानहरु दुवै पक्षको सहमतिमा यकिन गरिनेछ, स्थानहरु यकिन गर्दा दुवै पक्षको नीति र आवश्यकता अनुसार गरिने उल्लेख छ । त्यसैगरी सम्झौतामा सिसि जडान जडान, सञ्चालन तथा मर्मत सम्भार महानगरीय प्रहरी परीसरले गर्नुपर्ने उल्लेख छ ।

प्रचलित कानुनले निषेध गरिएका तथा काठमाडौँ महानगरपालिकाको काम कार्वाहीसँग असम्बन्धित सिसि टिभि फुटेज बाहेकका सबै फुटेजहरुमा महानगरपालिकाको पहुँच रहने, सम्झौताका पक्षहरु बाहेक पनि नेपाल सरकार, प्रदेश सरकार तथा सम्बद्ध निकायहरुसँग सूचना आदान प्रदान गर्न सकिनेछ जस्ता कुरा पनि सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतापत्र बमोजिमको कार्य सञ्चालनका लागि महानगरपालिका र महानगरीय प्रहरी परिसरका तर्फबाट सम्बद्ध पदाधिकारीहरु संलग्न एक समिति हुनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १० : ०४ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३