इङ्ग्लीस प्रिमियर लिग : ६९ अंकसहित लिभरपुल शीर्षस्थानमा उक्लियो « Khabarhub

इङ्ग्लीस प्रिमियर लिग : ६९ अंकसहित लिभरपुल शीर्षस्थानमा उक्लियो


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इङ्ग्लीस प्रिमियर लिगमा ६९ अंकसहित लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले वार्टफोडलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितका लागि सदियो माने र भान डिज्कीले समान २-२ तथा डिभोक ओरिगिले एक गोल गरेपछि लिभरपुलले वाट्फोर्डको पोष्टमा ५ गोल गरेको हो ।

लिभरपुलका लागि सदियो मानेले खेलको ९ र २० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति २० मिनेटमा दोहोरो अग्रता दिलाएका थिए ।

त्यस्तै, पहिलो हाफमा २-० ले अघि रहेको लिभरपुलका लागि ओरीगीले ६६ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए ।

लिभरपुलविरुद्ध कमजोर प्रदर्शन गरे्को वाट्फोर्डले लय समात्न नसक्दा खेलको ७९ औं र ८२ औं मिनेटमा डिजिकीले टिमका लागि गोलको अग्रता दिलाएका थिए भने उनले व्यक्तिगत दुई गोल गरे ।

जीतसँगै लिभरपुल लिगको शीर्ष स्थानमा पुगेको छ भने पराजित वाट्फोर्ड ४० अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  १० : ४९ बजे

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा