इङ्ग्लीस प्रिमियर लिग : ६९ अंकसहित लिभरपुल शीर्षस्थानमा उक्लियो « Khabarhub

इङ्ग्लीस प्रिमियर लिग : ६९ अंकसहित लिभरपुल शीर्षस्थानमा उक्लियो


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इङ्ग्लीस प्रिमियर लिगमा ६९ अंकसहित लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले वार्टफोडलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितका लागि सदियो माने र भान डिज्कीले समान २-२ तथा डिभोक ओरिगिले एक गोल गरेपछि लिभरपुलले वाट्फोर्डको पोष्टमा ५ गोल गरेको हो ।

लिभरपुलका लागि सदियो मानेले खेलको ९ र २० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति २० मिनेटमा दोहोरो अग्रता दिलाएका थिए ।

त्यस्तै, पहिलो हाफमा २-० ले अघि रहेको लिभरपुलका लागि ओरीगीले ६६ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए ।

लिभरपुलविरुद्ध कमजोर प्रदर्शन गरे्को वाट्फोर्डले लय समात्न नसक्दा खेलको ७९ औं र ८२ औं मिनेटमा डिजिकीले टिमका लागि गोलको अग्रता दिलाएका थिए भने उनले व्यक्तिगत दुई गोल गरे ।

जीतसँगै लिभरपुल लिगको शीर्ष स्थानमा पुगेको छ भने पराजित वाट्फोर्ड ४० अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  १० : ४९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया