‘गल्ली ब्याइ’ ले कमायो २ सय करोड « Khabarhub

‘गल्ली ब्याइ’ ले कमायो २ सय करोड


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता रणवीर सिंहले एकपछि अर्को हिट फिल्म दिइरहेका छन् । सन् २०१८ मा उनका दुई फिल्म ‘पद्मावत्’ र ‘सिम्बा’ सुपरहिट भए । सन् २०१९ पनि उनका लागि विशेष बन्यो किनकि यसै वर्ष रिलिज भएको फिल्म ‘गल्ली ब्याइ’ पनि हिट बन्यो । त्यसो त यो फिल्मबाट बढी नै आशा थियो तर विषयका हिसाबले फिल्म सबैलाई रुच्ने खालको थिएन ।

‘गल्ली ब्याइ’ ले दोस्रो सप्ताहमा शुक्रवार ३ करोड ९० लाख, शनिवार ७ करोड ५ लाख, आइतवार ७ करोड १० लाख, सोमबार २ करोड ४५ लाख र मंगलवार २ करोड ३० लाखको कलेक्सन गरेको छ ।

भारतमा यो फिल्म अहिलेसम्म १ सय २३ करोड दश लाख  कमाइसकेको छ । विश्वभरको आँकडामा भने यो फिल्मले २ सय करोड कमाएको छ । यो सबै कमाइको आँकडा भारतीय रुपैयाँमा हो ।

कम बजेटमा बनेको फिल्म भएकाले यो फिल्मलाई हिट फिल्मका रुपमा हेरिएको छ ।

‘गल्ली ब्याइ’ लाई जोया अख्तरको सबैभन्दा उत्कृष्ट फिल्मका रुपमा हेरिएको छ । यस्तै फिल्ममा रणवीर सिंहलाई पहिलोपटक आलिया भट्टसँग अभिनय गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ११ : ०५ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले