‘गल्ली ब्याइ’ ले कमायो २ सय करोड « Khabarhub

‘गल्ली ब्याइ’ ले कमायो २ सय करोड


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता रणवीर सिंहले एकपछि अर्को हिट फिल्म दिइरहेका छन् । सन् २०१८ मा उनका दुई फिल्म ‘पद्मावत्’ र ‘सिम्बा’ सुपरहिट भए । सन् २०१९ पनि उनका लागि विशेष बन्यो किनकि यसै वर्ष रिलिज भएको फिल्म ‘गल्ली ब्याइ’ पनि हिट बन्यो । त्यसो त यो फिल्मबाट बढी नै आशा थियो तर विषयका हिसाबले फिल्म सबैलाई रुच्ने खालको थिएन ।

‘गल्ली ब्याइ’ ले दोस्रो सप्ताहमा शुक्रवार ३ करोड ९० लाख, शनिवार ७ करोड ५ लाख, आइतवार ७ करोड १० लाख, सोमबार २ करोड ४५ लाख र मंगलवार २ करोड ३० लाखको कलेक्सन गरेको छ ।

भारतमा यो फिल्म अहिलेसम्म १ सय २३ करोड दश लाख  कमाइसकेको छ । विश्वभरको आँकडामा भने यो फिल्मले २ सय करोड कमाएको छ । यो सबै कमाइको आँकडा भारतीय रुपैयाँमा हो ।

कम बजेटमा बनेको फिल्म भएकाले यो फिल्मलाई हिट फिल्मका रुपमा हेरिएको छ ।

‘गल्ली ब्याइ’ लाई जोया अख्तरको सबैभन्दा उत्कृष्ट फिल्मका रुपमा हेरिएको छ । यस्तै फिल्ममा रणवीर सिंहलाई पहिलोपटक आलिया भट्टसँग अभिनय गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ११ : ०५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ