सिटीको जीतमा अग्युरो नायक, म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा « Khabarhub

सिटीको जीतमा अग्युरो नायक, म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फरवार्ड सजियो अग्युरोको गोलमा म्यानचेस्टर सिटीले वेष्ट हाम युनाइटेडलाई पराजित गरेको छ । इङ्ग्लीस प्रिमियर लिगमा बुधबार राति भएको खेलमा सिटीले वेष्ट हामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै सिटी शीर्ष दोस्रो स्थानमा आफुलाई कायमै राखेको छ । सिटी र लिभरपुलबीच १ अंकको तलमाथि छ । समान २८ खेलल खेलेका लिभरपुलसँग १ अंकको दुरी राखेको सिटीले लिभरपुलको १ अंक खोस्दै शीर्ष स्थानमा उक्लिने लक्ष्य खोजिरहेको छ ।

त्यसैक्रमलाई निरन्तरता दिन सिटीले बुधबार वेष्ट हामलाई परमजित गरेको हो । त्यस्तै, बुधबारै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । युनाइटेडका लागि रोमेलु लुकाकले २ गोल र आसले योङले एक गोलका गरेका थिए भने क्रिष्टलका जोइल वार्डले एक गोल फर्काएका थिए ।

जीत हासिल गरेको युनाइटेड ५५ अंकसहित ५ औं स्थानमा छ भने पराजित क्रिष्टल प्यालेसको ३० अंक छ । त्यस्तै, आर्सनलले बर्नमाउथमाथि ५-१ गोलको जित हात पार्दै प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ११ : ११ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा