अझै रोकिएन ताप्लेजुङमा हिमपात : शव काठमाडौं ल्याउन समस्या « Khabarhub

अझै रोकिएन ताप्लेजुङमा हिमपात : शव काठमाडौं ल्याउन समस्या


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव प्रतिकूल मौसमका कारण काठमाडौं ल्याउन कठिनाई भइरहेको छ।

दुर्घटनास्थलबाट बुधबार ४ जनाको शव सुकेटार विमानस्थल ल्याइएको थियो । बाँकी ३ जनाको शव आज(बिहीबार)बिहानै विमानस्थलमा ल्याएर मुचुल्का तयार पारी काठमाडौं पठाउने तयारीका साथ राखिएपनि मौसमका कारण उडान हुन नसक्दा ल्याउन कठिनाई भइरहेको छ ।

सुकेटार विमानस्थल परिसरमा रहेका होलट व्यवसायी ओम राईका अनुसार अहिले सुकेटार क्षेत्रमा हिमपात भइरहेको छ । लगातारको हिमपातका कारण कुनै उडान भर्न सक्ने अवस्था नरहेको राईले खबरहवलाई जानकारी दिए ।

मौसममा सुधार हुने वित्तिकै शवलाई काठमाडौं पठाइने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ११ : २९ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा