नेकपा सचिवालय बैठक– पार्टीको झण्डा आधा झुकाउने, २३ गते श्रद्धान्जली सभा गर्ने « Khabarhub

नेकपा सचिवालय बैठक– पार्टीको झण्डा आधा झुकाउने, २३ गते श्रद्धान्जली सभा गर्ने


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

विहीवार बालुवाटारमा बसेको सचिवालय बैठकले आज पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘आज पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म पार्टी कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरिएको छ ।’

त्यस्तै नेकपाले आगामी २३ गते श्रद्धान्जली कार्यक्रम गर्ने भएको छ ।

सचिवालय बैठकले दुर्घटनामा परि निधन भएकाको परिवारको आर्थिक स्थिति र आवश्यकता समेत हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १२ : ३० बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६