सांसदको तलब खानेपानी आयोजनालाई « Khabarhub

सांसदको तलब खानेपानी आयोजनालाई


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ निर्वाचन क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रु ५० हजार खानेपानी आयोजनालाई हस्तान्तरण गरेका छन् ।

व्यास नगरपालिका–९ छापस्थित झारलेङ्दी खानेपानी आयोजनालाई मोटर खरीद गर्न सांसद श्रेष्ठले रकम उपलब्ध गराएका हुन् । मोटर अभावमा खानेपानीको सुविधाबाट बञ्चित हुँदै आएको गुनासो स्थानीयवासीले गरेपछि आफूले राज्यबाट पाउने मासिक तलबवापतको रकममध्येबाट रु ५० हजार सहयोग गरेको सांसद श्रेष्ठले बताए ।

खानेपानी उपभोक्ता समूहका अध्यक्ष मधुमाया थापालाई रकम हस्तान्तरण गर्दै उनले आफू जिल्लाको विकास गर्न जनप्रतिनिधि भएको भन्दै अन्य केही समस्या भए आफूलाई जानकारी गराउन आग्रह गरे ।

सांसद श्रेष्ठले आफूले राज्यबाट पाउँदै आएको मासिक तलब भत्ता जिल्लाका सङ्घसंस्थालाई उपलब्ध गराउँदै आएका छन् । उनले खानेपानी योजना, विद्यालय, आमा समूह, मठमन्दिरलगायतका समूहलाई मासिक तलबवापत रकम उपलब्ध गराएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  १२ : ३४ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच