सांसदको तलब खानेपानी आयोजनालाई « Khabarhub

सांसदको तलब खानेपानी आयोजनालाई


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ निर्वाचन क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रु ५० हजार खानेपानी आयोजनालाई हस्तान्तरण गरेका छन् ।

व्यास नगरपालिका–९ छापस्थित झारलेङ्दी खानेपानी आयोजनालाई मोटर खरीद गर्न सांसद श्रेष्ठले रकम उपलब्ध गराएका हुन् । मोटर अभावमा खानेपानीको सुविधाबाट बञ्चित हुँदै आएको गुनासो स्थानीयवासीले गरेपछि आफूले राज्यबाट पाउने मासिक तलबवापतको रकममध्येबाट रु ५० हजार सहयोग गरेको सांसद श्रेष्ठले बताए ।

खानेपानी उपभोक्ता समूहका अध्यक्ष मधुमाया थापालाई रकम हस्तान्तरण गर्दै उनले आफू जिल्लाको विकास गर्न जनप्रतिनिधि भएको भन्दै अन्य केही समस्या भए आफूलाई जानकारी गराउन आग्रह गरे ।

सांसद श्रेष्ठले आफूले राज्यबाट पाउँदै आएको मासिक तलब भत्ता जिल्लाका सङ्घसंस्थालाई उपलब्ध गराउँदै आएका छन् । उनले खानेपानी योजना, विद्यालय, आमा समूह, मठमन्दिरलगायतका समूहलाई मासिक तलबवापत रकम उपलब्ध गराएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  १२ : ३४ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई