ट्रम्प र किमबीचको वार्ता निष्कर्ष विहीन, वार्तास्थल छाडेर हिँडे दुवै नेता « Khabarhub

ट्रम्प र किमबीचको वार्ता निष्कर्ष विहीन, वार्तास्थल छाडेर हिँडे दुवै नेता


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनोई– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको दोस्रो वार्ता निष्कर्ष विहीन भएको छ । भियतनामको राजधानी हनोईमा भएको दोस्रो भेटवार्ता निष्कर्ष विहीन भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रप र उत्तर कोरियाली सर्वोच्च नेता उनबीचको बिहीवारको वार्ता निष्कर्ष विहीन बनेपछि अर्को वार्तापनि अनिश्चित बनेको छ ।

ह्वाईट हाउसका प्रेस सचिव सराह स्यान्ड्रसले दुबै देशका राष्ट्रपतिले कोरियाली द्विपमा भएको परमाणु हातहतियारको विषयमा छलफल भएको जानकारी दिएकी छन् । ‘आजको वार्तामा कुनै उपलब्धी हुने सकेन, दुबै देशले यसबारे फेरि थप छलफल गर्ने संकेत गरेका छन्,’ उनले भनिन् । तथापि उनले आजको वार्ता सकारात्मक र एकदमै राम्रो भएको प्रतिक्रिया दिइन् ।

यस्तै, दुबै देशले बिहीवार गर्ने भनेको समझदारी पत्रमा पनि हस्ताक्षर हुन सकेन । उनीहरुको हनोई मेट्रोपोल होटलमा हस्ताक्षर पछि सँगै ‘लन्च’ गर्ने कार्यक्रम पनि स्थगित भएको छ । दुबै नेताले वार्तास्थल छोडेर हिँडेको बताइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १ : १९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार