‘टोटनह्यामको प्रिमियर लिग उपाधि यात्रा असम्भव’ « Khabarhub

‘टोटनह्यामको प्रिमियर लिग उपाधि यात्रा असम्भव’


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रशिक्षक माउरिसियो पोचेटिन्होले यो सिजनका लागि टोटनह्यामको इग्लीस प्रिमियर लिग ट्रफी उचाल्नु असम्भव रहेको बताएका छन् ।

लिगमा १० खेलबाँकी रहँदै शीर्षस्थानको लिभरपुल भन्दा ९ अंकले लिभरपुल पछि रहेको छ । टोटनह्याम बुधबार रातिको खेलमा चेल्सीसँग २—० ले र यसअघि बर्नलीसँग २-१ को हार बेहोरेको टोटनह्यामका लागि अबको प्रिमियर लिग उपाधि यात्रा कठिन भएको प्रशिक्षकले स्वीकारेका छन् ।

‘हामीले धेरै खेलमा गल्ती गर्यो । त्यसैले अब हामी निरास भइसकेका छौं । चेल्सीले एक सर्ट अन टार्गेटमा एक गोल गर्यो तर, हामीले गोल गर्न सकेनौं । यो त्यसैले पनि जित्न असहज भइसकेको छ,’ प्रशिक्षकले खेलपछि बताएको बीबीसीले जनाएको छ ।

‘यो प्रतिस्पर्धाले हामीलाई हाम्रो स्थान देखाइसकिएको छ । यो १० महिनाको अभ्यास पछिको नतिजा हो । २—३ महिनाको होइन । त्यसैले हामी निरास भएका हौं,’ प्रशिक्षक पोचेटिन्होले अगाडि भने, ‘मैले बर्नलीसँगको हार पछि हाम्रो प्रिपमियर लिगको यात्रा कठिन भएको बताइसकेको थिए र आज म असम्भव भएको बताउँछु । अब म्यानचेस्टर सिटी र लिभरपुल उपाधिका लागि लड्नेछन् । हामी मात्रै जितका लागि फेयर खेल्छौं ।’

प्रिमियर लिग शीर्ष स्थानमा रहेको लिभरपुलको ६९ अंकरहेको छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६८ अंक रहँदा तेस्रो स्थानको टोटनह्यामको ६० अंकरहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  २ : २५ बजे

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौं–  कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी

रुखबाट लडेर युवकको मृत्यु

बागमती‍– रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक

ईश्वर पोखरेल पक्षको प्यानल सार्वजनिक, केन्द्रीय सदस्यमा ओली र शंकरको पनि नाम (पूर्णसूचीसहित)

काठमाडौं- अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षले आफ्नो प्यानल सार्वनजिक गरेको