अस्पतालमा शव चिन्नै गाह्रो, पोस्टमार्टम गर्न १० देखि १५ घन्टासम्म लाग्न सक्ने ! « Khabarhub

अस्पतालमा शव चिन्नै गाह्रो, पोस्टमार्टम गर्न १० देखि १५ घन्टासम्म लाग्न सक्ने !


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका ७ जनाकै शव परीक्षण शुरु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव परीक्षण प्रक्रिया शुरु गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ ।

शिक्षण अस्पतालको फरेन्सिक मिडिसिन विभागका निमित्त प्रमुख डा. रिजन श्रेष्ठको नेतृत्वमा शव परीक्षण गर्न लागिएको हो ।

पोस्टमार्टममा चिकित्सक मनि महर्जन, हरिहर वस्ती, अस्पतालका ९ जना आवासीय चिकित्सक, ३ जना डेन्टल चिकित्सक परिचालन भएका छन् । यस्तै मृतकको औंठा छाप र डिएनएका लागि नेपाल प्रहरीको केन्द्रीय प्रयोगशालाको समूह पनि परिचालन हुने जनाइएको छ ।

पोस्टमार्टमा लागि १० देखि १५ घण्टा लाग्ने !

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुका अनुसार हेलिकोप्टर दुर्घटनामा निधन भएका ७ जनामध्ये अधिकांशको शव नचिनिने अवस्थामा छ ।

मन्त्री अधिकारी र उनका अंगरक्षक अर्जुन घिमिरेको शवको पहिचान हुन सकेपनि अन्यको शव पहिचान हुन नसकेको जनाइएको छ ।

‘प्राय शवहरु नचिनिने अवस्थामा छन् । एउटा शवको पोर्टमार्टम गर्न कम्तिमा पनि १ देखि २ घन्टासम्म लाग्ने देखिन्छ,’ त्रिवि शिक्षण अस्पतालको फरेन्सिक डिपार्टमेन्टका प्रमुख हरिहर वस्तीले भने, ‘यसहिसावले सवै शवको परीक्षण सक्न १० देखि १५ घन्टा पनि लाग्न सक्छ । कम्तिमा ७ घन्टा त लाग्ने नै देखिन्छ ।’

अस्पताल स्रोतका अनुसार शव पहिचानका लागि डिएनए परीक्षण समेत गर्नुपर्ने हुनसक्छ । अस्पतालले शवको डिएनए परीक्षणका लागि समेत तयारी शुरु गरेको छ ।

शव पहिचानका लागि प्रहरीको केन्द्रीय प्रयोगशालाको टिम र त्रिवि शिक्षण अस्पतालको फरेन्सिक डिपार्टमेन्टको टिम खटिएको छ ।

एक चिकित्सकका अनुसार मन्त्री अधिकारी र अंगरक्षक घिमिरेबाहेक अन्य व्यक्तिको पोस्टमार्टम गर्न १० देखि १५ घन्टाको समय लाग्न सक्छ ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  २ : ३५ बजे

कांग्रेस सहमहामन्त्री रामहरिले १२८० मत, पछ्याउँदै अजयबाबु 

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी