मन्त्री अधिकारीका पिएसओ अर्जुनकी बहिनीले भनिन्– दाइलाई सन्चो थिएन « Khabarhub

मन्त्री अधिकारीका पिएसओ अर्जुनकी बहिनीले भनिन्– दाइलाई सन्चो थिएन


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाए ।

जसमा मन्त्री अधिकारीका सुरक्षा गार्ड (पीएसओ) अर्जुन घिमिरेले पनि ज्यान गुमाए ।

दुर्घटनामा ज्यान गुमाएका सात जनाकै शव ताप्लेजुङबाट काठमाडौं ल्याइएको छ । शव पोस्र्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।
मृतकको शव अस्पताल ल्याउने भएपछि परिवारका सदस्यहरु अस्पताल पुगेका थिए । भावविह्वल अवस्थामा अस्पताल पुगेका परिवारका सदस्यहरु आँशु थाम्न सक्ने अवस्थामा थिएनन् ।

मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे

मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरेकी वहिनी भावविह्वल अवस्थामा आफ्ना दाईको शव बुझ्न टिचिङ अस्पताल पुगेकी थिइन् ।
नेपालगञ्ज घर भएकी अर्जुनकी वहिनी इन्दिरा पौडेलले दुर्घटना बारे हिजो दिँउसो फेसबुकबाट थाहा पाएको बताइन् ।

‘घटना भएको साढे एक बजे फेसबुक खोल्दा थाहा पाएँ’ इन्दिराले खबरहबसँग भनिन्, ‘त्यसपछि अहिले विहान काठमाडौं आइपुगेको हुँ ।’
दाइसँग आफ्ना दुर्घटनाको अघिल्ला दिन बेलुका फोनमा कुरा भएको इन्दिराले बताइन् ।

‘दाइसँग अस्ति कुरा भएको थियो , किर्तिपुर घरमा छु अलि सन्चो छैन भन्नु भएको थियो, आज यस्तो…..’

यति भन्दै इन्दिरा रुन थालिन् ।

हामीले कामना गर्यौं परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  २ : ५० बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य