श्रद्धान्जलीका लागि टुँडिखेलमा परिवारका सदस्य, शुभेच्छुक र नेकपा कार्यकर्ताको बाक्लो उपस्थिति « Khabarhub

श्रद्धान्जलीका लागि टुँडिखेलमा परिवारका सदस्य, शुभेच्छुक र नेकपा कार्यकर्ताको बाक्लो उपस्थिति


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार हेलिकोप्टर दुर्घटनामा परि निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टिचिङ अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।

पोस्टमार्टम सकिएसँगै मन्त्री अधिकारी सहितका सात जनाको शव श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिने भएको छ ।

शव टुँडिखेलमा राखिनेभएपछि मृतका आफन्त, शुभेच्छुक, शुभचिन्तक नेकपाका नेता कार्यकर्ता टुँडिखेलमा भेला भएका छन् ।

श्रद्धान्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु र उच्चपदस्थ सरकारी अधिकारीहरु उपस्थित हुनेछन् ।

फूल र मालाले शव राख्ने स्थान सजाइएको छ । टुँडिखेलमै मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने कार्यक्रम छ ।

मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला पोखरामा भोलि(शुक्रवार) गरिने छ ।

दुर्घटनामा निधन भएका सात जनाको शव विहीवार(आज) ताप्लेजुङबाट काठमाडौं ल्याइएको हो ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ३ : ४४ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं