चारवटा शव परीक्षण सकियो, पहिचानका लागि आफन्तको ‘स्याम्पल’ संकलन « Khabarhub

चारवटा शव परीक्षण सकियो, पहिचानका लागि आफन्तको ‘स्याम्पल’ संकलन


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव पहिचानमा गर्न समस्या भएपछि अस्पतालले मृतकका आफन्तहरुको नमूना संकलन गरेको छ ।

विहीवार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागमा पोष्टमार्टमको लागि लगिएको शव पहिचानमा समस्या आएपछि आफन्तहरुको स्याम्पल पनि लिइएको पोष्टमार्टममा संलग्न एक चिकित्सकले खबरहबलाई बताए ।

उनले भने, ‘मृतकहरुको शव चिन्न सकिने अवस्था थिएन, त्यसैले शव पहिचान गर्न कठिन भएको छ, हामीले शव पहिचान गर्न मृतकका आफन्तहरुको पनि स्याम्पल लिएका छौं ।’

पोष्टमार्टमको काम जारी रहेकाले आजै बेलुका ९ बजेसम्ममा शव पहिचानको काम सकिने अस्पताल स्रोतको भनाइ छ ।

‘पोष्टमार्टमको काम चलिरहेको छ, ४ जनाको शवको परीक्षण लगभग सकिएको छ, परीक्षण गरिएका शवको आफन्तको नमूनासँग म्याच गर्न बाँकी छ, सबैको पोष्टमार्टमको काम ९ बजेसम्ममा सकिन्छ’ पोस्टमार्टममा संलग्न एक चिकित्सकले भने ।

पोष्टमार्टम पुरा भएपछि अस्पतालले सम्पूर्ण जानकारी सहितको बुलेटिन निकाल्ने जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : १७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्