आहा रारा गोल्डकप : उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्ने « Khabarhub

आहा रारा गोल्डकप : उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्ने


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा जारी १७ औँ आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि रुस्लान थ्रीस्टार क्लब र नेपाल आर्मी भिड्ने भएका छन् ।  पोखरा रंगशालामा विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा नेपाल आर्मी क्लवले क्यामरुनी टोली दाउफिन्स फुटबल क्लबलाई १० गोल अन्तरले पराजित गरेपछि आर्मीले उपाधिका लागि थ्रीस्टार संगको भेट पक्का गरेको हो ।

सहरा क्लव पोखराको आयोजनामा संचालित प्रतियोगीताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेतालाई ८ लाख १ हजार, उपविजेतालाई ४ लाख १ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ, भने उत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर प्रदान गरिने क्लवले जनाएको छ ।

प्रतियोगितामा सर्बा्धिक गोलकर्तालाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिनेछ भने उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगद १५÷१५ हजारसहित ट्रफी प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : २६ बजे

प्रदेश प्रमुखसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष मुस्लिम आयोगले आज वार्षिक

गृहमन्त्री गुरुङको ‘आक्रामक शैली’मा लागेको ब्रेक

काठमाडौं- सत्ता सम्हालेको केही दिनमै ‘हाइ प्रोफाइल’ व्यक्तिहरूलाई धमाधम पक्राउ

बुटवलमा जीतगढी विजय उत्सव सुरु (तस्बिरहरू)

काठमाडौं– बुटवलमा जीतगढी विजय उत्सव सुरु भएको छ । बुटवल

नेप्से १३ अङ्कले घट्यो

काठमाडौं– यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

निगम घेर्न गएका जेन-जीलाई प्रहरीले रोक्यो

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग