शंकर पोखरेल र पम्फा भुषालको नजरमा रवीन्द्र अधिकारी « Khabarhub

शंकर पोखरेल र पम्फा भुषालको नजरमा रवीन्द्र अधिकारी


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना ज्यान गुमाए ।

हेलिकोप्टर दुर्घटनामा देशका आशलाग्दा मानिएका युवा नेता अधिकारीसहित स्थापित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, ईन्जिनियर ध्रुव भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो ।

बहालवाला मन्त्री, स्थापित पर्यटन व्यवसायी दक्ष कर्मचारीको निधनले मुलुक शोकमग्न छ ।

मन्त्री अधिकारीको निधनले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्याकर्ता शोकमा डुबेका छन् । राजनीतिक जीवनका विभिन्न क्षेत्रमा मन्त्री अधिकारीसँग काम गरेका नेता–कार्यकर्ताले उनको ऊर्जाशील स्वभाव र मिलनसार बानी सम्झनामा रहिरने बताए ।

नेकपा नेता तथा प्रदेश नम्बर ५ का नेता शंकर पोरेल तथा नेतृ एवम् पूर्वमन्त्री पम्फा भुषालले दिवंगत मन्त्री अधिकारीलाई यसरी सम्झिए,

श‌ंकर पोखरेल

शंकर पोखरेल
प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा नेकपा नेता
राजेन्द्र अधिकारी राष्ट्रका उजारुक र संघर्षशील नेता हुनुहुन्थ्यो । उहाँको मृत्यु भयो रे ! भनेर सुन्दा शुरुमा विश्वास लागेको थिएन । जब सञ्चारमाध्यमले तस्वीरहरु दिन थाले त्यसपछि छाँगाबाट खसै झैँ लाग्यो । उहाँको मृत्युले राष्ट्रलाई ठूलो क्षति पुर्‍याएको छ ।

उहाँ कर्तव्यनिष्ठ व्यक्ति हुनुहुन्थ्यो । आफ्नो कामप्रति सधैं अघि बढिरहने, आरामभन्दा बढी काममा लाग्ने स्वभावको व्यक्ति हुनुहुन्थ्यो । नयाँ–नयाँ योजना तथा नीति ल्याउन सधैं अघि बढिरहनुहुन्थ्यो । उहाँले विद्यार्थी जीवनमा रहुन्जेल पनि आफ्ना एजेण्डामा जीत हासिल गर्नुभयो ।

विद्यार्थी जीवनमै पोखराको पीएन क्याम्पसमा सभापति बन्नुभयो । कास्की जिल्लाको अध्यक्ष बन्नुभयो । त्यस्तै अनेरास्ववीयुको सभापति हुदै यहाँसम्म आइपुग्नु भयो । आज यो दुःखद घडीमा उहाँ लगायत सातै जनामा भावपुर्ण श्रद्धान्जली व्यक्त गर्दछु । शोकशन्तप्त परिवारप्रति गहिरो समवेदना !


पम्फा भुषाल

पम्फा भुषाल
नेकपा, नेतृ

बढो दुर्भाग्यपूर्ण घटना घटेको छ । सहकर्मीमाझ मिलनसार, युवाहरुमाझ स्थापित, जनताप्रेमी नेतालाई देशले गुमाएको छ ।

पछिल्लो समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा कुराकानी गर्ने क्रममा उहाँसँग भेट भएको थियो । राष्ट्रिय गौरभको आयोजना समेत रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको मितिमै सम्पन्न गर्न भनेर उहाँ जोडबलका साथ लागिरहनुभएको थियो ।

दाङमा पनि ठूलो बिमान स्थल बनाउन सकिन्छ कि भनेर अध्ययनमा हुनुहुन्थ्यो । उहाँले हवाई क्षेत्रमा एउटा नयाँ पहल थाल्नुभएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु गरिरहनुभएको थियो । उहाँले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै देशको अर्थतन्त्रको प्रमुख आधार पर्यटन क्षेत्रमा एउटा नयाँ तरंग आएको थियो ।

तर, बीचमै उहाँको दुःखद निधन भयो । उहाँको यस्तो निधन हाम्रा लागि कल्पनाभन्दा बाहिरको कुरा थियो । अहिले पनि विश्वास गर्न गाह्रो भइरहेको छ कि उहाँ हामीमाझ हुनुहुन्न भनेर !

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : ४७ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब