शंकर पोखरेल र पम्फा भुषालको नजरमा रवीन्द्र अधिकारी « Khabarhub

शंकर पोखरेल र पम्फा भुषालको नजरमा रवीन्द्र अधिकारी


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना ज्यान गुमाए ।

हेलिकोप्टर दुर्घटनामा देशका आशलाग्दा मानिएका युवा नेता अधिकारीसहित स्थापित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, ईन्जिनियर ध्रुव भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो ।

बहालवाला मन्त्री, स्थापित पर्यटन व्यवसायी दक्ष कर्मचारीको निधनले मुलुक शोकमग्न छ ।

मन्त्री अधिकारीको निधनले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्याकर्ता शोकमा डुबेका छन् । राजनीतिक जीवनका विभिन्न क्षेत्रमा मन्त्री अधिकारीसँग काम गरेका नेता–कार्यकर्ताले उनको ऊर्जाशील स्वभाव र मिलनसार बानी सम्झनामा रहिरने बताए ।

नेकपा नेता तथा प्रदेश नम्बर ५ का नेता शंकर पोरेल तथा नेतृ एवम् पूर्वमन्त्री पम्फा भुषालले दिवंगत मन्त्री अधिकारीलाई यसरी सम्झिए,

श‌ंकर पोखरेल

शंकर पोखरेल
प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा नेकपा नेता
राजेन्द्र अधिकारी राष्ट्रका उजारुक र संघर्षशील नेता हुनुहुन्थ्यो । उहाँको मृत्यु भयो रे ! भनेर सुन्दा शुरुमा विश्वास लागेको थिएन । जब सञ्चारमाध्यमले तस्वीरहरु दिन थाले त्यसपछि छाँगाबाट खसै झैँ लाग्यो । उहाँको मृत्युले राष्ट्रलाई ठूलो क्षति पुर्‍याएको छ ।

उहाँ कर्तव्यनिष्ठ व्यक्ति हुनुहुन्थ्यो । आफ्नो कामप्रति सधैं अघि बढिरहने, आरामभन्दा बढी काममा लाग्ने स्वभावको व्यक्ति हुनुहुन्थ्यो । नयाँ–नयाँ योजना तथा नीति ल्याउन सधैं अघि बढिरहनुहुन्थ्यो । उहाँले विद्यार्थी जीवनमा रहुन्जेल पनि आफ्ना एजेण्डामा जीत हासिल गर्नुभयो ।

विद्यार्थी जीवनमै पोखराको पीएन क्याम्पसमा सभापति बन्नुभयो । कास्की जिल्लाको अध्यक्ष बन्नुभयो । त्यस्तै अनेरास्ववीयुको सभापति हुदै यहाँसम्म आइपुग्नु भयो । आज यो दुःखद घडीमा उहाँ लगायत सातै जनामा भावपुर्ण श्रद्धान्जली व्यक्त गर्दछु । शोकशन्तप्त परिवारप्रति गहिरो समवेदना !


पम्फा भुषाल

पम्फा भुषाल
नेकपा, नेतृ

बढो दुर्भाग्यपूर्ण घटना घटेको छ । सहकर्मीमाझ मिलनसार, युवाहरुमाझ स्थापित, जनताप्रेमी नेतालाई देशले गुमाएको छ ।

पछिल्लो समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा कुराकानी गर्ने क्रममा उहाँसँग भेट भएको थियो । राष्ट्रिय गौरभको आयोजना समेत रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको मितिमै सम्पन्न गर्न भनेर उहाँ जोडबलका साथ लागिरहनुभएको थियो ।

दाङमा पनि ठूलो बिमान स्थल बनाउन सकिन्छ कि भनेर अध्ययनमा हुनुहुन्थ्यो । उहाँले हवाई क्षेत्रमा एउटा नयाँ पहल थाल्नुभएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु गरिरहनुभएको थियो । उहाँले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै देशको अर्थतन्त्रको प्रमुख आधार पर्यटन क्षेत्रमा एउटा नयाँ तरंग आएको थियो ।

तर, बीचमै उहाँको दुःखद निधन भयो । उहाँको यस्तो निधन हाम्रा लागि कल्पनाभन्दा बाहिरको कुरा थियो । अहिले पनि विश्वास गर्न गाह्रो भइरहेको छ कि उहाँ हामीमाझ हुनुहुन्न भनेर !

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : ४७ बजे

बालेन्द्र लक्षित दीपकको कटाक्ष : ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं’

काठमाडौं – समानुपातिक उम्मेद्वारको सूचीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य, चिकित्सक भन्छन्- बेवास्ताले बढ्दै जोखिम

काठमाडौं– गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील

बियोन्से आधिकारिक रूपमा अर्बपति भइन्

काठमाडौं– विश्व संगीतको क्षेत्रमा आइकन बनिसकेकी बियोन्से गिजेल नोल्स अब

निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल

मोरङ– गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको

तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन

मध्यविन्दु– गत सोमबारदेखि अवरुद्ध रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र अझै