इस्लामिक स्टेटका प्रमुख बग्दादी मारिएको ट्रम्पद्वारा घोषणा « Khabarhub

इस्लामिक स्टेटका प्रमुख बग्दादी मारिएको ट्रम्पद्वारा घोषणा


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी अमेरिकी फौजद्वारा सिरियामा मारिएको घोषणा गरेका छन् ।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भागेर एउटा सुरुङभित्र अल-बगदादीले आफूले लगाएको एउटा ‘सुसाइड भेस्ट’ विस्फोट गराएको बताए ।

इराक र सिरिया क्षेत्रमा ‘क्यालिफेट’ अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल-बग्दादी सन् २०१४ मा चर्चामा आएका थिए । इस्लामिक स्टेटले गरेका कैयौँ हत्याका घटनामा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् ।

उक्त जिहादी समूहले करिब ८० लाख मानिसमाथि एउटा क्रूर शासन लादेको थियो । विश्वका विभिन्न स्थानमा गराइएका आक्रमणहरूमा सो समूहको हात रहेको बताइन्छ ।

इराकी र सिरियाली क्षेत्रका साथै अन्यत्र पनि इस्लामिक स्टेटका लडाकुहरू सक्रिय हुँदा हुँदै संयुक्त राज्य अमेरिकाले यसै महिनाको शुरूतिर ‘क्यालिफेट’ परास्त भएको घोषणा गरेको थियो।

यसै महिनाको शुरूतिर उत्तर सिरियाबाट अमेरिकी फौजलाई फिर्ता बोलाउने निर्णय गरेका कारण व्यापक आलोचना खेप्दै आएका ट्रम्पका लागि अल-बग्दादीको मृत्यु एउटा ठूलो जित भएको बीबीसीले जनाएको छ ।

डेमोक्र्याटहरूले ट्रम्पमाथि महाभियोग लगाउने विषयमा छानबिन अघि बढाएका बेला पनि आएको यो खबर उनका लागि अर्थपूर्ण छ । स्थानीय समय अनुसार आइतवार बिहान एउटा अस्वाभाविक वक्तव्य दिँदै ट्रम्पले सिरियाको इड्लिब प्रान्तस्थित एउटा सुरुङमा अल-बग्दादी ‘चिच्याउँदै र रुदै मरेको’ बताएका छन् ।

आईएसका नेता अल-बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे ।

सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारीक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो ।

बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोही योद्धाका रूपमा कुख्यात थिए । सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो ।

विवरणहरूका अनुसार अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीको एक मस्जिदमा धर्मगुरु थिए ।

कतिपयका अनुसार सद्दाम हुसैनको शासन ताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ७ : १० बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि