बार्सिलोनालाई पछि पार्दै ग्रानडा शीर्ष स्थानमा उक्लियो « Khabarhub

बार्सिलोनालाई पछि पार्दै ग्रानडा शीर्ष स्थानमा उक्लियो


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा ग्रानडा शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनालाई पछि पार्दै ग्रानडा शीर्ष स्थानमा उक्लिएको हो ।

आइतबार राति भएको खेलमा रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गर्दै ग्रानडा शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा अल्भारो भाडिलोले ग्रानडाका लागि निर्णायक गोल गरे । ।

जितसँगै ग्रानडाले बार्सिलोनालाई एक अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो । सन् २०१७ को सिजन घटुवामा पर्दै यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको ग्रानडाले पहिलोपटक ला लिगाको शीर्ष स्थान हासिल गरेको हो ।

ग्रानडाले १० खेलमा २० अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोनाको १९ अंक रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ७ : ४५ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात