पौराणिक कथाका चार प्रसंग– यसरी शुरु भयो तिहार « Khabarhub

पौराणिक कथाका चार प्रसंग– यसरी शुरु भयो तिहार


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

रौनक, सद्भाव, सम्वृद्धि र झिलिमिलीको चाड हो, तिहार । तर के तपाईले कहिल्यै सोच्नु भएको छ, हाम्रा पुर्खाले कहिलेबाट तिहार मनाउन थाले ? यस पावन चाडको शुरूआत कहिलेबाट शुरु भएको होला ।

तिहारलाई दीपावली समेत भनिन्छ । दीप र आवली अर्थात दीपको पंक्ति । तसर्थ दिपावलीको अर्थ लामबद्ध दियो बाली जगमग उज्यालो बनाउनु हो । आउनुहोस्, आज पौराणिक कथा अनुसार तिहारको महात्म्य चर्चा गरौ ।

वनवासबाट राम अयोध्या फर्किदा

रामायणमा उल्लेखित कथा अनुसार भगवान श्रीराम बनवासबाट अयोध्या फर्कदा अयोध्यावासिद्धारा उल्लासमा दीप बालेर रामको स्वागत गरेका थिए । रावणको वध गरी लंकामा जित हासिल गरेर सीता र लक्ष्मणका साथ १४ बर्ष वनवास पछि अयोध्या आगमनमा प्रजाद्धारा दीपावली गरीएको थियो । त्यहिबाट अंधकारलाई पराजय गरी विजय प्राप्त गरी हरेक वर्ष दिपावली मनाउन थालियो ।

धनवन्तरी प्रकट हुँदा

पौराणिक मान्यता अनुसार, सत्ययुगमा पहिलो पटक दीपावली मनाईएको थियो । कार्तिक मासको कृष्ण पक्षको त्रयोदशी तिथिमा समुन्द्र मन्थनको बेला धन्वन्तरी प्रकट भएका थिए । अमृत कलश सहित प्रकट भएका धनवन्तरिको जन्मदिवसका कारण धन्तेरस मनाउन थालियो । त्यसपछि धनकी देवी लक्ष्मी प्रकट भइन् उनको स्वागतमा दीपोत्सव गरीयो र यहि परम्परा बस्यो ।

पाण्डव फर्कदा

दीपावलीलाई पाण्डव फर्केको अवसरमा मानिन थालेको समेत कथा छ । कथा अनुसार पाण्डवहरु घर फर्कदा प्रजाले हर्षाेल्लासमा दिपावली मनाएका थिए ।

पाण्डव पनि वनवासमा थिए,लामो समय वनवासमा रहेका पाण्डव घर फर्कदा खुशीमा दिपावली गरीएको र त्यहिबाट दिपावली मनाउन थालियो ।

श्रीकृष्णले नरकासुरको वध गरेपछि

भगवान श्रीकृष्णले असुर राजा नरकासुरको वध गरेका थिए । कार्तिक मासको कृष्णपक्षको चतुर्दशी तिथिमा नरकासुरको वध भएको थियो । नरकासुरको आतंक र अत्याचारबाट मुक्ति मिलेको दिनको भोलिपल्ट औंसिको दिन गोकुलवासिले दीपोत्सव गरी मनाएका थिए । त्यहिबाट दिपावली शुरु भयो ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ८ : २४ बजे

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको